धरानमा औद्योगिक व्यापार मेलाको आयोजना गरिने

धरान÷ धरानमा फागुनको दोस्रो सातादेखि औद्योगिक व्यापार मेला हुने भएका छ ।
सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला आगामी फागुन १५ देखि २४ गतेसम्म धरानमा हुन लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकार गराएको छ ।
पब्लिब माविको खुल्ला मैदानमा हुन लागको व्यापार मेलामा १ सय बढी स्टल रहने उवासंघका प्रथम उपाध्यक्ष एबंम मेला संयोजक
शिवराज श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश नं. १ मा रहेका घरेलु तथा साना उद्योगमा उत्पादन भएका सामाग्री विदेशसम्म जानकारी गराउने र विदेशमा उत्पादन भएका सामाग्री समेत सहज रुपमा प्रयोग गर्न पाउन भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको उहाले बताउनुभयो ।
मेलामा हस्तकला, बैज्ञानिक कृषि पद्धती, स्थानीय स्रोत साधनबाट उत्पादित बस्तुहरुको प्रदर्शनी तथा विक्री कक्ष राखिने बताउनुभयो । स्थानीय स्तरमा उत्पादित बस्तुको प्रबद्र्धन तथा बजारिकरण गर्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको सो औधोगिक मेलामा भारत, पाकिस्तान र बंगलादेशमा उत्पादित बस्तुहरु समेत मेलामा उपलब्ध हुने उहाका भनाई छ ।
मेला अवधिभर करिब ५ करोडको कारोबार गर्ने र ५ लाख दर्शकले प्रत्यक्ष मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलामा स्टल १० हजारदेखी ५० हजारसम्म भाडा तोकिएको आयोजकले जनाएको छ ।
यस्तै मेलामा धरान आसापासका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार गर्ने उद्देश्यले विभिन्न ‘टुर प्याकेज’ समेत राखिएको र पर्यटन सम्बन्धि तालिमको व्यावस्था समेत रहेको जनाइएको छ । बेलुकाको समयमा प्रत्येक दिन राष्टिूय तथा स्थानीय कलाकारहरको प्रस्तुति रहने दिउसो ४ बजेसम्म प्रबेशमा कुनै शुल्क नलागेपनि त्यसपछि प्रति व्याक्ति ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थीका लागि भने ३० रुपैयाँ तोकिएको छ । मेलामा नगरस्तरीय एकल नृत्य प्रतियोगिता समेत आयोजना गरिने भएको छ । प्रतियोगितामा नगर भरिका विद्यालयहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगितामा लोक भाकामा नृत्य प्रस्तुत गर्नुपर्नेछ । प्रतियोगिताको प्रथमले नगद ५० हजार, दोस्रोले नगद २५ हजार ५ सय ५१ रुपैयाँ र तेस्रोले १० हजार ५ सय ५१ रुपैया पाउनेछन् ।

तपाईको प्रतिक्रिया