नेपाली काँग्रेस वडा नं. १६ को वनभोजमा राष्ट्रिय राजनीतिको चर्चा

धरान÷नेपाली काँग्रेसँग आवद्ध धरान उपमहानगरपालिका वडा नं. १६ को शनिवार सुनसरीको ७२ विघे सिमसार क्षेत्रमा भएको वनमोज कार्यक्रममा राष्ट्रिय राजनीतिले
राम्रैसँग चर्चा पाएको थियो ।
वनभोज कार्यक्रममा वडा नं. १६ का साधारण सदस्य, सक्रिय सदस्य, वडाका निर्वाचित पदाधिकारी, पूर्व सांसद, प्रदेशसभा सांसद, जिल्ला सचिव, जिल्ला सदस्य लगायतका झण्डै तीनसय जनाको उपस्थिति रहेको थियो ।
वन भोजलाई खानपिनको माध्यममात्र नबनाई स्थानीय देखि राष्ट्रिय स्तरको राजनीतिमा केन्द्रित बनाइँदा उपस्थित बीच एक अर्कामा थप सम्बन्ध सुदृढ भएको सहभागीहरुले बताए । सो अवसरमा बोल्दै नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति एवम् पूर्व सांसद हरिनाथ वास्तोलाले मुुलुकमा कम्युनिस्टहरुले शासन सत्ता सम्हालेपछि चौतर्फी अनिश्चय मडारिएकोले अबका दिनमा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भएको थियो । उहाँले भन्नुभयो वर्तमान सरकार जनताका अधिकार कुण्ठित गर्दै अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनु भयो । उहाँको कथन थियो अब प्रजातान्त्रिक अधिकार सुनश्चित गर्न काँग्रेसको विकल्प छैन ।

 
यसैगरी प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो यस प्रकारको भेला, वनभोजले नेपाली काँग्रेसका कार्यकर्तालाई अझ समिपमा ल्याउने काम गर्छ । अहिलेको अवस्था आफना व्यक्तिगत इस्र्या, मतभेद, विभेदलाई बिर्सेर प्रजाान्त्रिक अधिकार सुनिश्चित गर्नपट्टि केन्द्रित रहनुपर्छ । विगतमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेपाली काँग्रेस कमजोर भएर पराजित भएको नभई आपसी अन्तरकलह नै प्रमुख भएकोले अबका दिनमा सम्पूर्ण नेपाली काँग्रेसका कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको श्रेष्ठको कथन थियो ।
त्यस अवसरमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ताहरुले धरान उपमहानगरपालिकामा २८ बर्ष पश्चात लालगड तोडेकोप्रति खुशी व्यक्त गरेका थिए । तर वर्तमान निर्वाचित प्रमुखको कार्यशैलीले आम कार्यकर्तालाई निराश बनाएको हुँदा विगतका नगर प्रमुखहरुकै झै वर्तमान नगर प्रमुखको समेत प्रमुखको भन्दा माथि उठ्न नसक्ने अवस्था देखिएको भन्दै असन्तुष्टि पोखेका थिए । विगतमा धरान उपमहानगरपालिकामा वम देवान, ध्यानबहादुर राई, मनोज मेन्याङ्गबो लगायतका वामपन्थीहरु निर्वाचित भए पनि उनीहरु त्यतिमै सीमित भएका थिए ।
नेपाली काँग्रेसका सक्रिय सदस्य लोकमणि शर्मा (धमला) को संयोजकत्वमा भएको वनभोजमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सचिव मुरारी भट्टराई, जिल्ला सदस्य चन्द्र शेखर लामाले समेत बोल्नु भएको थियो भने पुराना नेपाली काँग्रेका कार्यकर्ता भीमबहादुर तिम्सिना, चित्रा राई, सुशिल गुरुङ्गलाई सम्मान गर्दै उपहार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन धरान उपमहानगरपालिका वडा नं. १६ का सचिव विजय घिमिरेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया