धरान÷अत्यन्तै स्वच्छ छवि भएका प्रदेश नं. १ का डिआइजी ठाकुरप्रसाद ज्ञवाली नेपालको २७ औं महानिरीक्षक बन्ने भएका छन् ।
मंगलबारबाट नेपाल प्रहरीका महानिरीक्षकको ३० बर्षे सेवा अवधि पूरा भएपछि उनी स्वतः अवकाशमा जाने भएपछि नयाँ प्रहरी महानिरीक्षकमा ज्ञवाली नियुक्त हुने बताइएको छ । हिजो मंलबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्तिको प्रस्ताव लगेको छ । उनी प्रहरी महानिरीक्षक भएमा ३० बर्ष सेवा अवधिकै कारण पाँच महिनामात्र सो पदमा रहने छन् । मंगलबारबाटै तीन जना एआइजी र १८ जना डिआइजीले एकसाथ अवकाश पाउने भएपछि ज्ञवाली उक्त पदमा प्रस्तावित भएका हुन् । यद्यपि नयाँ प्रहरी महानिरीक्षकका लागि ६ नं. प्रदेशका डिआइजी तारणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्याय समेत शक्ति केन्द्रमा दौडधूप गरिरहेका छन् ।
