चौलागाईका विरुद्ध सातदिने सूचना

इटहरी÷नेकपा जिल्ला सदस्य एवम् इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौलागाईलाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको निर्देशनमा घर खाली गर्न सातदिने अल्टिमेटम दिइएको छ ।
सरकारी जग्गा मिचेर घर बनाइएको भन्दै इटहरी उपमहानगरपालिका वडा न. ५ निवासी चौलागाइको घरमा नगरपालिकाले ७ दिने चेतावनी युक्त पत्र टाँस गरेपछि चौलागाई र प्रमुख चौधरीबीचको विवाद सतहमा आएको हो । विगतमा समेत प्रमुख चौधरीले भ्रष्ट भन्दै तथानाम गाली गर्दै आएका थिए । सार्वजनिक मञ्चमै चौधरी चौलागाई विरुद्ध हातपातमा उत्रिएका थिए । चौधरीले इटहरी उपमहानगरपालिकाभित्रै रहेको खानेपानी महसुल काउन्टर समेत अन्यत्रै लैजान चेतावनी दिएपछि हाल महसुल काउन्टर इटहरी उपमहानगरपालिका वडा नं. ४ स्थित
रहेको इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा सारिएको छ ।
इटहरी उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाइको हस्ताक्षर रहेको माघ २६ गते आइतबार जारी सात दिने सूचनामा भनिएको छ जिल्ला सुनसरी इटहरी उपमहानगर पालिका वडा न. ५ बस्ने
रामप्रसाद चौंलागाई बसोबास गरी आएको इटहरी वडा नं. ५ मा रहेको घर बसोबास रहेको जग्गा ऐलानी सरकारी जग्गा भएको हुँदा यो सूचना टाँस भएको मितिले सात दिनभित्र उक्त ऐलानी सरकारी जग्गा खाली गर्नु अन्यथा नियमानुसार हुने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया