नेपालबाट भारततर्फ कालो बजारी हुने गरेको डिजल, पेट्रोल, मट्टितेल पूर्ण रुपमा नियन्त्रण विगतमा भ्रष्टाचारको दलदलमा फँसेको निगमको प्रदेश नं. १ मा स्टोरेज क्षमता वृद्धिदेखि दर्जनौ सुधार कार्य

विराटनगर÷सदैव भीडभाड देखिने, डिजल, पेट्रोल, मट्टितेलका लागि तँछाड मछाड गर्दै ठूल्ठूला स्वरमा हल्ला गर्ने, सडकका दुवै किनारमा ट्यांकरहरु राखेर ट्राफिक अस्तव्यस्त बनाउने, जथाभावि फोहोरका डुंगुरमात्र देखिने नेपाल आयल निगम प्रदेश नं. १ को कार्यालयमा यतिबेला त्यस्ता कुनैपनि दृश्य देखिदैन ।
न त कार्यालय प्रमुखको कार्यकक्षमा होहल्ला गर्दै गरेका व्यावयीको भीड देखिन्छ, न सडकमा असरल्ल पार्किङ्ग गरिएका ट्यांकर देखिन्छ न त निगम परिसरभित्र फोहोरका डुंगुर देखिन्छ । विगतमा भ्रष्टाचारको दलदलमा फँसेको नेपाल आयल निगम १ नं. प्रदेश कार्यालयमा पाँच महिनाकै अवधिमा ठूलो परिवर्तन भएको छ । नेपालबाट भारततर्फ कालो बजारी हुने गरेको डिजल, पेट्रोल, मट्टितेल पूर्ण रुपले नियन्त्रणसँगै तीनसय पचास वटा इन्धन बोक्ने ट्यांकरहरुका लागि व्यवस्थित पार्किङ्ग, परिसरका पुराना पाइपहरुलाई रिकण्डीसन गरिएको, सडकलाई आरसिसी ढलान गरेर व्यवस्थित बनाएको छ भने कर्मचारी आवास क्षेत्रलाई सरसफाई मात्र गरिएको छैन
सुरक्षालाई समेत चुस्त बनाइएको छ ।


पाँच महिना अगाडिको नेपाल आयल निगम १ न. प्रदेश कार्यालय र हालको कार्यालयमा ठूलो परिवर्तन भएको पेट्रोलियम व्यवसायी रोशन सोनी बताउनुहुन्छ । इमान्दारिता, इच्छा शक्ति भएमा सुधार नहुने कुरै हुँदैन र यसको श्रेय निगमका एक नं. प्रदेश कार्यालयका कार्यालय प्रमुख इन्जिनियर अशोक साहलाइ नै जाने उहाँको कथन छ । यसंैगरी पेट्रोलियम डिलर एसोसिएनका केन्द्रीय सदस्य दुर्गाबहादुर बस्नेत भन्नुहुन्छ साँच्चै नै निगममा ठूलो परिवर्तन आएको छ । पाँच महिना अगाडि कार्यालय प्रमुखमा साह आएपछि पेट्रोलियम व्यसायीहरुले तनाव झेल्नु परेको छैन, इन्धनका लागि कार्यालय प्रमुखको सोर्स लगाउनु परेको छैन । व्यवसायीहरुलाई यति भएपछि पुगिहाल्यो नि । विगतमा अर्थात पाँच महिना अगाडि कार्यालय प्रमुख रहेका दिनेश यादवले व्यवसायी, ट्यांकर व्यवसायीहरुलाई असाध्यै द ुःख दिएका थिए । तेल लिन पालो पर्खनुपथ्र्यो, पहुँच भएकाहरुले दैनिक तेल पाउँथे । अहिले अवस्था फेरिएको छ, बस्नेतले भने ।
यस सम्बन्धमा नेपाल आयल निगम १ नं. प्रदेश कार्यालयका प्रमुख इन्जिनियर अशोक साहसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो म यहाँ दुई बर्ष बस्छु । यो अवधिमा राम्रैै काम गरु भनेर आफूले सुधारका प्रक्रियाहरु अगाडि बढाइएको हो । १० औं बर्षदेखि ट्यांकरको ट्राफिक व्यवसथापन हुन सकेको थिएन । अहिले त्यसलाई व्यवस्थित बनाएको भन्दै हाल सडकमा कसैले पनि पनि ट्यांकर देख्न पाउँदैनन् । परिसर भित्रका पुराना संरचनाहरुलाई अर्थात बर्षौदेखिको खिया लागेका पाइपहरु परिवर्तन गरेको, परिसर भित्रैका सडकको दुर्दशा थियो त्यसलाई
आरसिसी ढलाई गरेको, परिसर र कर्मचारी आवासका फोहोर रुखपात हटाइएको, कुनै पनि व्यवसायीले गुनासो लिएर आउन नपरोस् भनेर व्यवस्था गरेको उहाँले बताउनुभयो । सुधारका अरु पनि धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । भारतको बथनाहा नजिक रहेको मिरगञ्ज पुलका कारण इन्धन ढुवानीमा समस्या हुँदा पनि व्यवसायीलाई आफूले कहिल्यै अभाव सिर्जना हुन नदिएको समेत इन्जिनियर साहले बताउनुभयो ।
हाल प्रदेश नं. १ मा पेट्रोल दुई सय पचासदेखि ३ सय ५० केल, डिजल ८ सयदेखि १ हजार २ सय केल र मट्टितेल २० केलदेखि २४ केल (दुई दिनमा) खपत हुने गरेको इन्जिनियर साहले प्रष्ट पार्नुभयो । निगमको स्टोरेज क्षमता पेट्रोल ५ सय ६० केल, डिजल ७ हजार १ सय १० केल र मट्टितेल ७ सय ५ केल रहेको छ । एलपी ग्याँसका सम्बन्धमा उहाँले भन्नुभयो प्रदेश नं. १ मा एलपि बोटलिङ्ग प्लान्ट १० वटा रहेका छन् । आयल निगबाटै पिडिए लिएर बरौनी, हल्दियाबाट आपूर्ति गरिरहेका छन् । साहको कथन छ अब अहिलेको स्टोरेज क्षमतामा बृद्धि गर्दै लैजानु पर्ने देखिन्छ । दैनिक सवारी साधनको चाप बढ्दै गएको छ । कुनै विशेष अवस्था सिर्जना भएमा अहिलेको स्टोरेज क्षमताले कति दिन धान्न सक्छ र ? हाल आफूले पेट्रोलको स्टोरेज क्षमता बृद्धिका लागि मट्टितेका २ वटा भर्टिकल ट्यांकरलाई पेट्रोलमा कन्भर्ट गर्दै गरेको पनि उहाँले सुनाउनुभयो । यसंैगरी भारतमा पेट्रोल, डिजल, मट्टितेलको तस्करी हुने गरेको थियो । नेपालमा भन्दा भारतमा इन्धन महँगो भएर यतैबाट खुल्ला सीमाको फाइदा उठाएर तस्कहरुले तस्करी गर्दै आएका थिए । तर प्रहरी, प्रशासन, सशस्त्र प्रहरीको सीमा सुरक्षा बलसँग आफूले समन्वय गरि हाल त्यस्ता गतिविधिमाथि पूर्ण नियन्त्रण गरेको पनि इन्जिनियर साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया