धरान÷ विज्ञानका क्षेत्र, खाद्यको क्षेत्र, प्रविधिको क्षेत्र, माइक्रो बाइलोजी तथा वाइलोजीका क्षेत्रमा के कस्ता प्रगति भए, क्याम्पस र विद्यार्थीले गरेका प्रगतिका विषयमा कसरी समजसंग जोड्न सकिन्छ भन्ने अभिप्रयाले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारले तीनदिने हातीसार एक्सो २०२० को आयोजना गरेको छ ।
माघ १९ देखि २२ गतेसम्म सञ्चालन हुने एक्सोमा केन्द्रीय प्रविधि क्याम्पसले विज्ञान, खाद्य, प्रविधि तथा बाइलोजी र माइक्रोबाइलोजीका क्षेत्रमा धेरै उल्लेखनीय काम गरे पनि यसलाई समाजसम्म पु¥याउनकै लागि एक्स्पोको आयाजना गरिएको आयोजकको भनाई छ ।
धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा ७ बर्ष पछाडि क्याम्पसकै आयोजनामा हात्तीसार एक्स्पोको आयोजना गरियो । विज्ञानका क्षेत्रमा, खाद्यका क्षेत्रमा, प्रविधिको क्षेत्रमा, वाइलोजी तथा माइक्रोवाइलोजीका क्षेत्रमा गरेका प्रगति र आगामी दिनमा गर्नुपर्ने कामहरुका विषयमा जानकारी दिन प्रदेश नं. १ का सम्पूर्ण विद्यालय तथा क्याम्सहरुलाई आमन्त्रण गरियो । यस्ता प्रदर्शनीले विद्यार्थी, समाज स्वयम केन्द्रीय प्रविधि क्याम्पसका विद्यार्थीहरु्रलाई फाइदा पुग्ने त छँदैछ क्याम्पसले गरेका अध्ययन, अनुसन्धानका विषयमा सबैलाई बुझाउन सहज हुने एक्स्पोका प्रचार प्रसार संयोजक धिरेन लिम्बुले बताउनुभयो ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको आयोजना तथा स्वतन्त्र विद्यार्थी यूनियनको सह(आयोजनामा क्याम्पस परिषरमा सुरु भएको एक्स्पोमा विज्ञान प्रविधि सम्बन्धीका विद्यार्थीहरुको श्रृजनाहरुलाई प्रदर्शनीमा राखिएको छ । खाद्य, विज्ञान तथा पोषण प्रदर्शनीका ५० वटा स्टलहरु राखिएको छ । एक्स्पोमा प्रत्येक संकायको तीन वटा स्टल राखिएको छ ।
यस्ता एक्सपोले यो क्याम्पसमा के पढाइ हुन्छ, क्याम्पसबाट विद्यार्थीहरुले के सिक्दैछन् भन्ने कुरा अभिभावक र समाजमा पुग्न भएकोले यस्ता एक्स्पो बार्षिक रुपमा गरिनुपर्ने एमएससी माइक्रोवाइलोजी चौथो बर्षमा अध्ययनरत सुजन कार्कीले बताउनुभयो ।
यस्तै एक्स्पोल सबै फेकल्टीका विद्यार्थीलाई एक आपसमा निकटता ल्याउनुका साथै एक अर्काको विषयमा जानकारी पाउन सहज हुने विद्यार्थी सुस्मिता चौधरीले बताउनुभयो ।
एक्सापमा जलबायु परिवर्तन सम्बन्धी प्रदर्शनी, मानिसलाई दैनिक काममा प्रयोग हुने औजाहरुको प्रदर्शनी, बैज्ञानिक आबिष्कारहरुको प्रदर्शनी, धरान क्षेत्रको भौगरर्भिक नमुना प्रस्तुत गरिएको छ । त्यति मात्र हैन, औषधिजन्य विरुवाहरुको बारेमा जानकारी, जिवजन्तु सम्बन्धी खोजमुलक जानकारी दिने, पोषण जाँच तथा परामर्श सेवा, कोरोना भाइरस र डेङ्गो रोगको बारेमा समेत सचेतना फैल्याउने काम गरिएका छ । यसका साथै विद्यार्थीहरुले ब्लड ग्रुप, प्रेसर जाँच र सुगरको जाँच समेत गर्ने गरेका छन् । यस्ता खालका एक्स्पोले चौतर्फी फाइदा पुग्ने अपेक्षा राखिएको छ । विद्यार्थीले सिकेका, जानेका कुराका समाजमा सही सदुपयोग हुने र भविष्यमा रोजगारीको सिर्जना हुनेमा सबै पक्ष विश्वस्त देखिएका छन् । स्थानीय, प्रदश र केन्द्रीय सरकारले प्रविधिको विकासमा यस्ता विद्यार्थीहरुललाई भरपुर प्रयोग गर्न सकेमा सरकारले चाहेको समृद्धि सोचेभन्दा चाडो हुनेमा दुई मत छैन ।
