धरान÷ चीनबाट भित्रिएको कोरोना भाइरस धरानमा समेत देखिएको आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ¥यापिट रेन्सपोन्स कमिट गठन गरिएको छ ।
उच्च ज्वरो आएका एक जना विरामी प्रतिष्ठानबाट कोरोना भाइरसका आशंकामा टेकुको राष्टिूय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा रिफर गरिएको थियो । रिफर गरिएसंंगै प्रतिष्ठानका चिकित्सकहरुले कमिटी गठन गरेका हुन् । कोरियाबाट आएका एक नेपालीलाई उच्च ज्वरो र घाटी दुखेर चेक गराउन प्रतिष्ठान आउने क्रममा प्रतिष्ठानले कोरोना भाइरस हुन सक्ने आशंका उनलाई काठमाण्डौ रेफर गरेका थिए । यो भाइरस अन्यमा पनि हुन सक्ने भन्दै पुर्वतयारी एवं सर्तकता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरिएको हो ।
