एजेन्सी÷चीनको वोआन प्रान्तबाट फैलिएको नोबल कोरोना भाइरसलाई फैलनबाट रोक्न, त्यसबाट विरामी भएर मृत्यु भएकाहरुको गाड्ने, जलाउने वा अन्तिम संस्कार गर्ने काममा चीनले प्रतिबन्ध लगाइ दिएको छ ।
आइतबार चीनले त्यस प्रकारको निर्णय गरेपछि मृतकका आफन्तहरुले अब कोरोना भाइरसबाट मृत्यु भएका आफन्तको सवको आफ्नो परम्परा अनुसार सदगद् गर्न नपाउने भएका छन् ।
कोरोना भाइरस यतिबेला विश्वव्यापी रुपमा फैलन थालेको छ । अन्य देशले समेत कोरोना भाइरसबाट आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न विविध उपायहरु अपनाउन थालेका छन भने विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसलाई लिएर संकटकालको घोषणा गरेको छ । कोरोना भाइरसबाट मर्र्नेहरुको संख्या चीनमा मात्र ५ सय ७० पुगिसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग, नागरिक मामला मन्त्रालय र जन सुरक्षा मन्त्रालयद्वारा आइतबार जारी निर्देशन अनुसार अब कोरोना भाइरसबाट मृत्यु भएकाहरुको सवको अन्तिम संस्कार नजिकैको शवदाह गृहमा गर्नुपर्ने छ । सबलाई टाढा वा एक क्षेत्रबाट अर्को क्षेत्रमा लैजान नपाइने, आफन्तहरु मलामी जान नपाइने, बाहिरी मान्छे समेत मलामीमा जान रोक लगाएको छ ।
समाचार एजेन्सी एफेका अनुसार लासको अन्तिम दर्शन कार्यक्रम जस्ता परम्परामा समेत प्रतिबन्ध लगाइएको छ । शवबाट अन्य व्यक्तिहरु संक्रमित नहुन भनेर स्वासथ्य कर्मीहरु वा चिकित्सकहरुले शिलबन्द गरिएको व्यागमा शव राख्नुपर्ने हुन्छ । जसलाई पछि कसैले पनि खोल्न नपाइने भएको छ । जारी निर्देशन अनुसार कोरोना भाइरसबाट मत्यु भएकाहरुको शव दाह संस्कार स्थलसम्म कुन मार्ग भएर लौजाने हो त्यो पहिला नै तय गर्ने र त्यस मार्गमा अन्य व्यक्तिहरुको आवतजावतमा रोक लगाउने निर्णय समेत गरेको छ ।

चीनमा चालीस हजार व्यक्ति संक्रमित
कोरोना भाइरसले हाल चीनमा ४० हजार मानिस संक्रमित भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार आफ्नो दैनिक जारी गरेको रिपोर्टमा उक्त कुरा बताएको हो । फेब्रुअरी २ तारेखमा यो भारइसरले सक्रमितहरुको संख्या घट्नुको सट्टा बढ्दै गएको रिपोर्टमा उल्लेख गरेको छ ।
चीनमा विरामीको संख्या बढेसँगै मृतकको संख्या पनि बढ्दै गएको छ । चीनको हुवानको राजधानी वुहानबाट डिसेम्बरदेखि कोरोना भाइरसको संक्रमण फैलन शुरु भएको थियो । आइतबार संक्रमित मध्ये १ सय ८७ जना विरामीको हालत अत्यन्तै गम्भीर भएको छ । अस्पतालले त्यसमध्ये १ सय ४७ जनालाई बचाउन नसक्ने जनाउँदै पठाएको थियो । कोरोना भाइरसको शुरुको लक्षण नाकबाट सिंगान बग्ने, स्वास प्रश्वासमा समस्या देखिने, आँखा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने हुन्छ । शिनियर एक्युट रेस्पिरेटरी सिंड्रोम (सार्स) यस्तो कोरोना भाइरस हो जसको प्रकोपबाट २०२–०३ मा चीनमा ठूलो महामारी फैलिएको र त्यसबेला ६ सय ५० मानिसको मृत्यु भएको थियो ।
पाकिस्तानी छात्राको भिडियो भाइरल
इन्टरनेटमा एक पास्कितानी छात्राको भिडियो यतिबेला भाइरल भएको छ । जुन भिडियोमा उनले आफ्नो देशको सरकारसँग भावुक भएर आफूलाई स्वदेश फर्काउन आग्रह गरेकी छन् । ९० सेकेन्डको भिडियोमा उनले अभिवदान गर्दै भनेकी छन् म पाकिस्तानी हुँ । मेरो नाम नदिम आवाज हो । म यो भिडियो चीनको वुहान सहरबाट प्रसारण गर्देछु ।
यतिबेला वुहान सहरमा ५ सय भन्दा बढी पाकिस्तानी विद्यार्थी फँसेका छन् । वितेका केही दिनमा आफू पढने विश्व विद्यालयका चार जना विद्यार्थीमा कोरोना भाइरसको पुष्टि भइसकेको छ । उनीहरु अस्पतालमा गम्भीर रुपमा भर्ना भएका छन् । त्यसैले म पाकिस्तानी सरकार र दुतावासलाई आग्रह गर्छु हामीलाई यहाँबाट निकाल्न मद्धत गर्नुहोस् । यहाँको अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ । भाइरस हरेक दिन न्यूनिकरण हुनुको सट्टा फैलदै गएको छ । म फेरि पनि अनुरोध गर्छु हामीलाई यहाँबाट निकाल्नुस र बचाउनुस्.् । तर पाकिस्तानी सरकारले उनको आग्रह र रोदनलाई कुनै वास्ता गरेको छैन । अन्य देशले त्यहाँ रहेका विद्यार्थी तथा नागरिकहरुलाई धमाधम उद्धार गर्दै आएका छन् ।
कोरोना भाइसस“ग लडन एक हजार वेडको अस्पताल
कोरोना भाइरसका विरामीहरुको उपचारका लागि चीनले वुहानमा नौ दिनसम्म एक हजार शैøयाको अस्थायी अस्पताल बनाएको छ । उसले दुई हजार तीन सय शैøयाको अको अस्पताल केही दिनमै तयार गर्ने गरी कामलाई अगाडि बढाएको छ ।
चीनका राष्ट्रपति सिजीपिङ्गंले सोमबारबाट शुरु नव निर्मत होउसेनसान अस्पतालका विरामीहरुको उपचारार्थ सेनाका १ हजार ४ सय चिकित्सक कर्र्मीलाई त्यहा पठाउन निर्देशन दिएका छन् । त्यो अस्पताल केवल कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि मात्र बनाइएको हो ।
बंगलादेश र अष्ट्रेलियाले चिनिया“ माथि रोक लगायो
बंगलादेश सरकारले र अष्ट्रेलिया सरकारले चिनियाँ नगरिकको आउजाउमा रोक लगाइदिएको छ । अस्ष्ट्रेलियामा बस्ने नेपालीहरुका आफन्तलाई समेत चिनियाँ मार्ग भएर अष्ट्रेलिया आउजाउमा रोक लगाइदिएको छ भने वंगालादेश सरकारले चिनियाँ नागरिकको भीसा अन अराइभल सेवामा अस्थायी रुपमा निलम्बन गरी देशमा सञ्चालन भएका परियोजनाहरुमा चिनियाँ नागरिकलाई काम गर्न नदिन निर्देशन दिएको छ ।
चीनमा देखिएको घातक कोरोना भाइरस पैmलिएपछि बंगलादेशले त्यस्तो निर्णय गरेको हो । वंगलादेशको बीडी न्यूजका अनुसार बंगला देशका विदेश मन्त्री एके अब्दुल मोमिनले सञ्चारकर्मी सँगको कुराकानीमा आइतबार त्यस्तो जानकारी दिनु भएको हो । उहाले बंगाला देशमा बसेका चिनियाँ नागरिकहरुलाई एक महिनासम्म विदामा नजान समेत आग्रह गर्नुभएको छ । उहाँले जबसम्म विश्व स्वास्थ्य सगठनले आपतकाल लागू गर्छ तवसम्म कुनै चिनियाँ नागरिकलाई बंगलादेश प्रवेशमा रोक लगाइएको समेत बताउनुभयो । उहाँले भन्नुभयो यसको मतलब यो हैन कि चिनियाँ नागरिकलाई वंगलादेशमा आउन रोक लगाइएको छ तर कोरोना भाइरसको जोखिम छउन्ज्याल प्रवेश गर्न दिइने छैन ।
कोरोना भाइरसबाट फिलिपिन्समा मृत्यु
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट फिलिपिन्समा आइतबार एकजनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट चीन बाहिरको मुलुकमा मृत्यु हुने पहिलो नागरिक फिलिपिन्स नै रहेको छ ।
उनी बुहानबाट गएका ४४ बर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । उनको मृत्यु भएपछि फिलिपिन्स सरकारले चिनियाँ नागरिकलाई फिलिपिन्स जान बन्देज लगाएको छ । यतिमात्र नभएर चीन भएर फिलिपिन्स जाने अन्य विदेशीलाई पनि फिपिन्सले रोक लगाएको छ । कोरोना भाइस फैलन नदिन विश्वका अधिकांश मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरेका छन । चीनले वुहान प्रान्तबाट भाइरस अन्यत्र फैलन नदिन विशेष सतर्कता अपनाए पनि फैलने क्रम भने रोकिएको छैन ।
कोरोनाले चिनियाँ नगरिक घरमै बन्दी
विश्वभरि नै त्रास सिर्जना गरेको कोरोना भाइरसका कारण यतिबेला चिनियाँ नागरिकहरु घरैमा उच्च शर्तकताका साथ बन्दी भएर बस्न बाध्य भएका छन् । भाइरसकै कारण चीनको अर्थ व्यवस्था डामाडोल हुन थालेको छ । अन्य देशका पर्यटकहरु चीन जान छाडेका छन्, चीनबाट अन्य देशमा हुने वस्तु निर्यात ठप्प भएको छ, हवाई उडानहरु करिब करिब बन्दको अवस्थामा पुगेका छन् ।
समग्रमा भन्नुपर्दा कोरोना भाइरसले चीनमा त्रासको वातवारण सिर्जना भएको छ ।
सरकारले नागरिकको सुरक्षाका लागि भन्दै घरैभित्र मास्क लगाएर बस्न दिर्नेशन नै दिएपछि चिनियाँहरु अन्य देशको कुरा त परै जाओस आफनै देशको एक ठाउँबाट अर्को ठाउँमा आवात जावात गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
