बीपीमा चोरी बढ्यो

धरान÷ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाका अवस्था फितलो भएको मौका छोपी त्यहा उपचारमा आएका
विरामी तथा आफन्तको सामान चोरी हुने घट्ना नौलो होइन ।
प्रतिष्ठानभित्र सुरक्षाको जिम्मा लिएको डिभाइन्ड सेकेरेरी सर्भिस हुदा होस् ग्रुफफोर सेक्युरिटी सर्भिस होस् या अहिले केटिएम सेक्युरिटी सर्भिस हुदा होस चोरीको घट्ना घट्नुको सट्टा बढेको बढ्यै छ ।
त्यहा विरामी कुरुवाको रकम चोरी हुने, चार्जमा राखेको मोवाइल चोरी हुनेदखि लिएर पार्किङमा राखिएका मोटर साइकल समेत चोरी हुने गरेको छ । बारम्बार चोरीका घट्ना दोहोरिदा समेत अस्पताल प्रशासनले खासै ध्यान दिन नसकेको विरामी कुरुवाहरुले गुनासो राख्ने गरेका छन् । विरामी कुरुवाको मात्र हैन त्यहा कार्यर्त कर्मचारी, चिकित्सकहरुको समेत सवारी साधन चोरी हुने गरेको छ ।
पछिल्लो समय माघ ८ गते समेत प्रतिष्ठानमा अध्ययन गर्न आएका प्रक्षिथार्थी डा. जितेश ठाकुरको मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरील प्रक्राउ गरेपछि प्रतिष्ठानजस्तो सम्वेदनशील स्थानमा चोरीका घट्ना बढेको प्रष्ट हुन्छ ।
माघ ८ गते राती प्रतिष्ठानका हाताभित्र पार्किङ गरी राखेको लु १७ प २८६१ नम्बरको मोटरसाइकल चोरी भएको थियो । पार्किङमा राखेको मोटरसाइकल हराइसकेपछि डा. यादवल प्रहरीमा उजुरी दिनुभएको थिया । त्यसपछि प्रहरील् चारीमा संलग्नको व्यापक खोजी गर्ने क्रममा दुई जनालाई प्रक्राउ गर्न सफल भएको थियो । प्रहरीले सोही दिन १० बजेको समयमा धरान १५ खोरिया बस्ती बस्ने बर्ष २१ का रितेश सुब्बा र धरान ८ का १९ बर्षीय पवन विकलाई चोरी भएको मोटरसाइकलसहित प्रक्राउ गरेको थियो । उनीहरु दुवैलाई चोरी मुद्धामा मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज खतिवडाले बताउनुभयो ।
त्यहा खटिएका केटिएमका सुरक्षाकर्मी, बीपी प्रतिष्ठान गम्भीर नहुदा चोरीका घट्ना बारम्बार दोहोरिने गरेका छन् । यसतर्फ प्रतिष्ठान गम्भीर हुनुपर्ने सर्वसाधारणको भनाई छ ।

तपाईको प्रतिक्रिया