भरुवा बन्दुकसहित चार जना प्रक्राउ

धरान÷चोरी शिकारी गर्ने चार जनालाई भरुवाबन्दुक सहित धरान प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान ६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाल रहेको इलाका प्रहरी कार्यालय धरानमा डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । उनीहरुाई धरान नगरपालिका वडा नं. ६ को गैडे आलबाट प्रक्राउ गरेको हो । प्रक्राउ परेकाहरुका साथबाट धरान प्रहरीले २ नाल भरुवा बन्दुक राखेको अवस्थामा जंगली बदेल समेत प्रक्राउ गरिएको डिएसपी न्यौपानले जानकारी दिनुभयो ।
शुक्रबार राती १ बजेको समयमा प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रक्राउ गरेको थियो ।
उनीहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटरसाईकल समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया