गोधुली कपको उपाधि धरान ८ को पोल्टामा

धरान/१५ औ संस्करण अन्तर्गतको गोधुली फुटबल खेलको उपाधि धरान ८ ले जितेको छ ।
धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा गत पौष २० गतेददेखि सञ्चालन भएको सो खेलको शनिवार भएको फाइनलमा धरान १७ लाई धरान ८ ले ० का विरुद्ध २ गोल गर्दै उपाधि हासिल गरेको हो ।
धरान ८ को तर्फबाट मनिष गुरुङ र सुभम श्रेष्ठले गोल गरेका थिए भने १७ को तर्फबाट खेलअवधिभ्र कसैले गोल गर्न सकेन ।
खेलको पूर्वार्धमा वडा नं. ८ का मनिषले खेलको २० औ मिनेटमा आप्नो टिमको खाता खोलेका थिए भने सुभमले उत्तरार्धको २२ औं मिनेटमा १ गोल थप्न सफल भएका थिए ।
विजेताले नगद ५१ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र तथा े उपविजेताले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले वितरण गर्नुभयो । यस्तै खेलको म्यान अफ द म्याच धरान ८का सिमन लिम्बु, वेष्ट गोलकिपर धरान ८का अमित देवान घोषित भएका थिए । यस्तै सर्वोत्कृष्ट गोलकर्ता धरान ८ का सविन राई, वेष्ट प्लेयरको उपाधि धरान १७ का दिवस राईले हात पारेका छन् । उनीहरुलाई नगद क्रमश: ५ र ७ हजार पाएका छन् । यस्तै प्रतियोगिताको फेयर टिमको उपाधि धरान २७ ले हात पार्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया