घण्टाघरबाट हेर्दा

सभामुखलाई खाद्यान्न
खप्परमा भएसी’ त्यसै लडी बुद्धि आउाछ भन्ने हो रै’छ । अब हेरौ न सविधानसभाका अध्येक्षे सुचनेलाई के ले नपुग्दो छ ? राज्येकोषबाट महिनै महिना लाखौ चपाउाछन् र विष्ट्याउाछन् । तिनै सुचनेलाई प्रेस चौतारी सुनसरीले अस्तिका दिन तेल, घ्यु, अन्नपात सबै पठाइदिएछ । कतै नजाउ बसी बसी खाद्यान्न चपाएर संविधान लेख भनेर पठाइद्यार रे । सुनसरीबाट पठाइद्या खाद्यान्नले दुईचार दिन सुचनेको छाक टर्ने भयो । हुन त सुचनेले संविधानसभामा बस्ने कुर्सी नै विदेशीले दान दिएका हुन्, तिन्ले बोल्ने काइक पनि अरुले नै जोडिद्या हुन् । सित्तिमा लिन सुचनेलाई लाज भए पो । लाज सरम पचाएर मात्र त्यहाा पुगेको कस्लाई पो थाहा छैन र ? हिजोका दिनमा पुरुष सांसदरुले त सुत्केरी भत्ता कुम्ल्याएका थिए भने सुचनेलाई सित्तिमा पठाएको खाद्यान्न हसुर्न केको गाइजात्रा ? कि कसो हौ ?
के को खसखस
माघ ८ गते संविधान बनेमा आफ्नो पद नै धरापमा पर्ने सुर्ताले
रामवरन जादव यतिबेला छट्टपट्टाउन थाल्या छन् । दुई बर्षका लागि भनेर राष्ट्रपति बनाइएका जादवले गोडा छएक बर्ष सितलनिवासमा मस्ती गरिसकेका छन् । अझै मस्ती मार्ने ध्यायन्मा उनी तानावाना बुन्दै छन् । कााग्रेस एमालेले माघ ८ मै बहुमतबाट संविधान बनाउने अड्डी कसेपछि यतिबेला जादवको निन्द्रा नै गायव भएको छ । सहमतिमै संधिान बनाउनु भनेर उन्ले कााग्रेस, एमाले र विपक्षीहरुलाई शितल निवासमा डाकेछन् । सहमतिको वातावरण पनि बनाइदिन नसक्ने वहुमतबाट पनि नगर भन्ने राष्ट्रपतिको मनसुवा के हो ? अर्ति त घर्तीले पनि दिन्छन् । खाली अर्तिमात्र दिएर त भएन नि । फेरि संविधान सहमतिबाट जारी गरुन कि प्रक्रियाबाट गरुन् जादवलाई के को खसखस ? संविधान जारी नभए गोडाचारेक बर्ष अझै शितल निवासमा मस्ती मार्ने योजना छ कि क्या हो ?
कान्छी मान्ये
संविधानसभाकी कान्छी मान्ये सरिता यादव यतिबेला बडो
अप्ठेरोमा परेकी छन् । व्युटी–व्युटी काली हिस्स परेकी कान्छी मान्ये आफ्नै श्रमिान राजकिशोर जादवबाट बढी पेलिएकी रै’छिन् । विचरी मानवअधिकार उल्लंघन हुने गरी पेलिएकी रै’छिन् । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्येक्षे
राजकिशोर यादव चुनाउमा आफै चिलिम भएसी’ समानुपातिकतिर पाएको एक सिटमा आफ्नै श्रीमतिलाई सभासद बनाएछन् । हुन त उन्लेमात्र हैन आफूले चुनाउ
हारेसी अरुले पनि आफ्ना श्रीमतिलाई सभासद बनाएका छन् । तर अरुका श्रीमति अलि बुढी, अनुहारमा मुजा परेका, बोल्दा पनि ह्वास्सै थुतुनो गन्हाउने परे । तर सभासद सरिता अलि व्युटी व्युटी परिछन् । पत्रकारदेखि बेकामे अरु सभासदले पनि उनैलाई मन पराएर नजिकिन थालेसी राजकिशोरको टाउको चड्किनु स्वभाविक हो । यतिबेला उन्ले आफ्नी श्रीमतिलाई फोन सम्म उठाउन दिादैनन रे । यो चाहिा अहिल हजम भएन है ?
सहमति प्रक्रिया
नेपाली शब्दकोषबाट यो सहमति र प्रक्रिया हटाइदिए नेपाली जन्ताका कान ताता हुन्थे होलान् । देशका ठेउके नेताहरु सधै सहमति गर्न वार्ता गर्छन् । तर त्यो सहमतिको भेउ पाउनै सक्दैनन् । सहमतिको लागि सधै वार्ता हुन्छ अन्तेमा उही गुएालाको फूल । आज पनि सहमति हुन सकेन, भोलि फेरि वैठकमा बस्ने सहमति भयो मात्र भन्ने सुनिन्छ । उता सत्तासीनहरु पनि प्रक्रियाको कुरा जोडतोडले उठाउाछन् । तर प्रक्रियामा जाने ह्याउनै देखाउदैनन् । खप्रओ त अलि तेजिला थिए । ती पनि सुस्ताउन थाल्या
छन् । सुशिल दा’को त कुरै नगरौ । लैवरी पाराका सुशिल दा’ जस्ले जे भनेपनि हुन्छ भन्दिन्छन् । दलहरुले बरु एक बर्ष अगाडि पञ्चाङ्ग समितिलाई यसो दान दक्षिणा दिएर माघ ८ हटाउन लगाएको भए अहिले यत्रो महाभारत त मच्चिने थिएन । मलपासले माघ ८ गते गायव भयो भन्दिदा भै हाल्थ्यो । कि कसो हौ ?
मर्नि·वाकको मजा
संधिवान बनाउन गएका हाम्रा सभासदहरु कम्ता रसिला छैनन् । सन्तान थरिथरिका भनेझौ संविधान बनाउन गएका अधिकांश सभासद बेलुका डान्सवारतिर जाने, ससंदिय भवनमा गएर उागेर बस्ने, कोही एडिवीको दलालीमा मन्त्रालय धाउने दिनचर्या नै बनेको छ । यसैभित्रका एक मोहनसिंह राठौर भन्ने देखिएका छन् । एमाले कोटामा समानुपातिकबाट सभासद बनेकी एक मुक्त कमैया सभासदको मर्निङ्गवाकमै रासलीला चल्न थालेपछि सबैले नाक थुन्न थालेका छन् । सभासद राठौर ती मुक्तकमैया कोटाकी सभासदको
डेरामा अवेर रातिसम्म डेरा जमाएर बस्ने, कामकुरो फत्ते गर्ने, विहान मर्निङ्गवाकको वहानमा सेक्ने गरेको थाहा पाएपछि घरवेटीले पनि उन्लाई विदा दिएछन् । विचरा मुक्तकमैयाकी श्रीमान यदाकदा मात्र पत्नी भेट्न राजधानी आउादा रै’छन् । त्यही मौकामा राठौरले भरपुर फाइदा उठाउादा रै’छन् । आखिरी फिजिकल निड हो । जेसुकै गरेपनि घण्टाघरलाई लुतो न कन्याई ।
खोई संविधान
सञ्चारकर्मीहरु पनि साह्रै मापाका हुन्छन् । हिजोआज सबै अखवारमा खोई संविधान भनेर लेख्छन् । विचरा नेताहरुलाई कम्ता गाह्रो छैन । हिजोआज नेताहरुले एउटा आइडिया फुराएका रै’छन् । जुन नेतासाग सविधान मागेपनि उनीहरु थपक्क दिन्छन् । माउवादीका अध्येक्षे प्रचण्डाउसाग संविधान माग्या भने जनयुद्धकालमै तयार पारेको संविधान दिन्छन्, शेरबहादुरसाग माग्यो भने अन्तरिम संविधान दिन्छन् । आखिरी सबैसाग सविधान रेडी नै रै’छ । विचरा सुशिल दा’ र रामवरनसागमात्र
रै’नछ । उनीहरुसाग नभएरै पर्धानमन्तरी र राष्ट्रपति भा’रैछन् ।
मुठभेडको खतरा
कुत्तिको पुच्छर बाह्रबर्ष ढुंग्रामा कोच्दा पनि बाागाको बाागै भन्ने हाम्रो गामघरतिरको नेपाली उखान यतिबेला गफास्ट एमाउवादी नेता प्रचण्डाउको व्यहोरासाग ठ्याक्कै मेल खान पुगेको छ । उन्ले अस्तिका दिन दुनियााले खित्का छाडेर हाास्ने गफ गरे । कााग्रेस र एमालेले माघ ८ गते प्रक्रियाबाट संविधान बनाए संसदमै मुठभेड हुन्छ भनेर बोले । मुलुक अराजकतातिर जान्छ रे । प्रचण्डाउले अब पनि मुठभेडको र अराजकताको कुरा गर्दा कस्ले पत्याउने ? आफ्नै दल त पााच सात टुक्रा भएर छुट्टिइसकेको छ । मुठभेडमा यिन्लाई कसले साथ देला ? कााग्रेस र एमाले अहंकारी भए रे । यस्तै हो, कहिले सासूको पालो कहिले बुहारीको । हिजो आफू वहुमतमा हुादा प्रचण्डाउको अहंकार सानो थिएन । कसैलाई गन्दैगन्दैनथिए । दोस्रो संविधानसभामा जन्ताले मुसी भव भनेर आर्शीवाद दिएपछि यतिबेलाकेही नलागेर मुठभेडको
कुरा गर्न थाल्या छन् । यिन्ले मुठभेड गर्दा अरुका हातमा दही त जम्या छैनन् होला ?
अन्तेमा
उपिन्द्र जादव यतिबेला ज्योतिष भा’ रैछन् । अस्तिका दिन उन्ले ङिच्च हाासेर कााग्रेस, एमालेको गठबन्धन माघ ८ गतेपछि टुट्छ भनेछन् । दुईको गठबन्धन टुछेपछि मन्त्री पड्उला भन्ने सोच्या होला ? साह्रै टुट्ला जस्तो छैन । बरु ज्योतिषसम्बन्धी ज्ञान भए रत्नपार्कतिर बसी हात हेर्दा वेश होला कि ? झर्ला र खाउला भन्ने नचिताएपनि हुन्छ है ?

तपाईको प्रतिक्रिया