काठमाडौं । नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् ।
उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा आइतबार नेदरल्याण्डको छैटौं विकेट लिँदै १०० विकेटको कीतिर्मान बनाएका हुन् ।
२८ वर्षका लेÏट आम अर्थोडक्स बलर बसन्तको २००६ मा इन्टरकन्टिनेन्टल कपको प्ले अफमा नामिबियाविरुद्ध राष्ट्िरय टीममा डेब्यू गरेका थिए ।
उनको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन मोजाम्बिकविरुद्ध थियो, जुन खेलमा उनले ५ रन दिएर ८ विकेट लिएका थिए ।
