धरान÷नेपाली काँग्रेस जिल्ला कार्य समिति सुनसरीले आयोजना गर्न लागेको ४३ औं राष्ट्रिय मेलमिलाप दिवसमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनु हुने भएको छ ।
प्रजाान्त्रिक समाजवादका प्रवद्र्धक एवम् नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला आठ बर्षे भारत प्रवासबाट आजैका दिन २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर आफ्ना अन्य सहकर्मी गणेशमान सिंह लगायतसँग स्वदेश फर्किनु भएको थियो । सोही दिनको सम्झनामा नेपाली काँग्रेसले मुलुकभरि विविध कार्यक्रमहरु गर्दे आएको छ ।
नेपाली काँग्रेस सुनसरीका सभापति एवम् प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले दिनुभएको जानकारी अनुसार बीपीको राष्ट्रिय मिलमिलापको नीति वर्तमान अवस्थामा अझ सान्दर्भिक बन्दै गएकोले नेपाली काँग्रेसले विशेष कार्यक्रमका साथ सुनसरीमा मनाउने निर्णय गरेसँगै केन्द्रीय सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको हो । उहाँसँगै अन्य केन्द्रीय स्तरका नेताहरुको समेत आगमन हुने समेत उहाँले बताउनुभयो ।
