अरुण थर्डको कामले गति लियो

संखुवासभा÷भारत सरकारको स्वामित्वको सतलज जलविद्युत आयोजनाले अगाडि बढाएको ९ सय मेघावाटको अरुण थर्ड जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ ।
प्रारम्भदखि नै विभिन्न समूहबाट निर्माण कार्यमा अवरोध झेल्दै आएको नेपालकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाको पछिल्लो पटक अर्थात गत शुक्रबारदेखि मुआब्जा नपाएको भन्दै स्थानीयले काममा अवरोध गरेका थिए । नेपाल लगानी बोर्डले पीडितहरुलाई मुआब्जा दिने आश्वासन दिएपछि स्थानीय प्रशासन, राजनैतिक दल, गाउँ पालिका र पीडितबीच भएको छलफल पश्चात काम अगाडि बढेको हो । हालसम्म अरुण थर्डकोे काम ३० प्रतिशत सम्पन्न भइसकेको छ । स्थानीयले ३० प्रतिशत काम सिद्धिदा पनि मुआब्जा नपाएको भन्दै आयोजनाको दिलिङ्ग स्थित निर्माण हुँदै गरेको सुरुङ्ग मार्गको काम ठप्प पारेका थिए । त्यस क्षेत्रका दुई सय परिवारले मुआब्जा नपाएकोले आन्दोलन गर्नुपरेको स्थानीय ग्याल्बो शेर्पाले बताए । काम ठप्प हुँदा दुई हजार कामदार अलपत्र परेका थिए ।
आयोजना सम्पन्न भएपछि आयोजनाबाट २५ बर्षमा नेपाललाई ३ खर्ब ४८ अर्ब रुपैया प्राप्त हुने २०७१ साल मंसिरमा भएको पिडिए सम्झौतामा उल्लेख छ । त्यस्तै १ खर्ब १६ अर्ब रुपैया रोयल्टी, १ खर्ब ६६ खर्बको निःशुल्क विद्युत र ८० अर्ब आय कर नेपालले पाउने छ ।

तपाईको प्रतिक्रिया