खैरो हिरोइन सहित दुई युवालाई धरानबाट प्रक्राउ

धरान आइतबार साझ भारतीय कारमा लुकाइछिपाई खैरो हिरोइन ल्याउदै गरेको अवस्थामा तीनकुने प्रहरीले प्रक्राउ गरेको छ ।
धरानबाट इटहरीतर्फ आउदै गरेको भारतीय नम्बर प्लेट भएको डब्लुबी ७४ एएफ ३१४९ नम्बरको कारमा लुकाई छिपाइ ल्याउदै गरेको अवस्थामा झापा मेचीनगर ४ का ३६ बर्षीय राजेशकुमार दहाल र सोही कारका चालक मेचीनगर झापा वडा नं. ६ का २६ बर्षीय पासाङ शेर्पालाई प्रहरीले प्रक्राउ गरेको हो ।


प्रक्राउ परेका दहालले कम्मरको पेटीमा प्लाष्टिकमा पोका पारी २२.३३ ग्राम खैरो हिरोइन ल्याउदै गर्दा प्रक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताउनुभयो । उनीहरुहरुलाई लागू औषध ओसार पसारमा मुद्दा दर्ता गराइने डिएसपी न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया