धरान÷पछिल्लो समयमा सञ्चारकर्मी असुरक्षित बन्दै गएको प्रति स्वयम् सञ्चारकर्मी गम्भीर बनेका छन् ।
मुलुकमा राणकालीन, पञ्चायतकालीन अवस्था भन्दा पनि लोकतन्त्र आएपछि अझ पत्रकार असुक्षित बन्दै गएको भन्दै यसमा राज्य गम्भीर नभएको आरोप समेत सञ्चारकर्मीले लगाएका छन् ।
पछिल्लो समय नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष एवम न्युज २४ का एक नं. प्रदेश संयोजक सन्तोष काफ्लेमाथि अंगभंग हुने गरी भएको आक्रमणले सञ्चारकर्मीले असुरक्षित महसुस गर्न थालेका हुन् ।
गत विहीबार सल्लेरी बचत तथा ऋण सहकारी संस्था लि.का पीडितहरुको संघर्ष समितिले आयोजना गरेको पत्रकारा सम्मेलनमा सञ्चारकर्मी काफ्ले ढिलो पुगको भन्दै कार्यक्रममा नै उहालाई हातपात भयो । हातपातबाट उहाको देब्रे आखा र नाकमा गम्भीर चोट लाग्यो । उहालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
लगियो । आखाको आशु आउने नली फुटेका कारण उहाको उपचार बीपीमा हुन नसकेपछि विराटनगरस्थित विराटनगर आखा अस्पतालमा आखाको शल्यक्रिया भएको छ ।समाचार सम्प्रेषणमा ढिला भएको भन्दै आयोजकले यसरी हातपात गरेको प्रति सम्पूर्ण पत्रकार जगत त्रसित बनेका छन् । समाचार लेखेको विषयमा हातपात भएका धेरै घट्नाहरु धेरै भएपनि ढिला पुगेको अवस्थामा कुटाइ खाएको भने शायद पहिलो घट्ना हुनुपर्छ ।

पत्रकार काफ्लेमाथि आक्रमण गर्ने ६ जना मध्ये चार जनालाई सोही दिन तत्काल प्रक्राउ गरेपनि दुई जनालाई आइतबार प्रक्राउ गरिएको छ । संघर्ष समितिका अन्य पदाधिकारीहरु भएपनि प्रहरीले मुख्य दोषी रहेका धरान १ का नरेश शाहीसंगै संघर्ष समितिका अध्यक्ष तुलसीप्रसाद विक, धरान ४ का दिपक राई र संगीता राई सोही दिन प्रहरील प्रक्राउ गरेको थियो भने आइतबार धरान २० का सहरसिंह राईसहित एक महिलालाई प्रक्राउ गरको थियो ।प्रक्राउ परेकालाई कानुन अनुसार कारबाही गर्न दबाब दिनका लागि प्रशासनलाई दबाब दिने सुनसरीका पत्रकारहरुले निर्णय गरेका छन् । महासंघ सुनसरीको कार्यालयमा बसेको छलफलले विगतमा राजनीतिक दबाब तथा अन्य कारणले मेलमिलाप गर्दा पत्रकार झनै असुरक्षित बन्दै गएकोले अब कानुनी उपचारमा जानुपर्ने नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताउनुभयो ।
यता पीडित भनिएका पत्रकार सन्तोष काफ्लेले समेत विना कारण ढिला गएकै कारण आफूमाथि हातपात भएकोले उनीहरुलाई कानुनी कारबाही हुनैपर्ने अडान राख्नुभयो ।
यता पत्रकारका विभिन्न संघ संंगठनका नेतृत्वमा रहेका सञ्चारकर्मीहरुले समेत सञ्चारकर्मीमथि विगतमा दबाब आएकै भरमा मिलाउने प्रवृत्ति भएका कारण पत्रकार दिनप्रतिदिन असुरक्षित बन्दै गएकोले अब भने कानुनी बाटो अवलम्बन गरेर अगाडि बढ्नुपर्ने जोड दिएका थिए ।
दबाब दिने उद्देश्यले नै भोलि सोमबार पत्रकारको टोली नै गएर जिल्ला प्रशासन कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरानमा ध्यानकर्षणपत्र नै बुझएका छन् । अब भने पत्रकार कमजोर नभई कानुनी बाटो अवलम्बन नगरे भोलि कोही पनि सुरक्षित नहुने उनीहरुका ठहर छ । पत्रकार सन्तोष काफ्लेमाथि आक्रमण गर्नेलाई अंगभंग सम्बन्धी उजुरी परेकोले सोही अनुरुप कारबाही हुनुपर्ने ्र कुनै पनि दबाब तथा धम्कीमा नपर्ने निर्णय समेत गरेका छन् । महासंघको नेतृत्वमा पीडितलाई कारबाही गर्नुपर्ने भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा ध्यानाकर्षण समेत बुझाएका छन ।
