विराटनगर÷मैथिली भाषा, साहित्य, भेषभुषा एवम् रहनसहनको संरक्षणमा सक्रिय रहँदै आउनु भएका मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रवीण नारायण चौधरीको लामो प्रयास पछि विराटनगरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना हुने भएको छ ।
आइतबार विराटनगरमा एक वृहत पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जाकारी दिइएको हो । मैथिली भाषालाई सभ्य र सुसंस्कृत भाषाको रुपमा लिइन्छ । हरेक उमेर समूहका व्यक्तिलाई सम्बोधन गर्दा आदरार्थी शब्दको प्रयोग गरिन्छ । यहाँ सम्म कि आफ्नी श्रीमति तथा छोराछोरीलाई पनि तपाई (आहाँ) भन्ने गरिन्छ । अध्यक्ष प्रविण नारायण चौधरीले दिनुभएको जानकारी अनुसार
अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा मैथिली भाषा, संस्कृति, भेषभुषा खाद्य परिकार आदि झल्कने सामाग्रीहरु समेत राखिने भएको छ ।
आगामी पौष ६ र ७ गते हुने सम्मेलनमा नेपालका अलावा भारत, श्रीलंका, बंगलादेश र खाडी मुलुकहरु, युरोप, अमेरिकाबाट समेत गरी झण्डै चार सय प्रतिनिधिको सहभागिता रहने पनि अध्यक्ष चौधरीले बताउनुभयो । सो अवसरमा मैथिली उद्योगी, मैथिली गायक, मैथिली कवि कवयित्री, मैथिली चिकित्सकहकरुलाई सम्मान समेत गरिने भएको छ । १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गर्नुको प्रमुख कारण नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्नु समेत रहेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो सम्मेलनमा आउने पाहुनाहरुले पूर्वको पर्यटकीय स्थल र धार्मिक पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् ।
