घण्टाघरबाट हेर्दा

छिटो विकास गर्ने सूचिमा प¥यो रे
नेपालका गाँटिस्ट मन्तरी जुबराज खतौडाले भन्या विश्वको सबैभन्दा छिटो विकास गर्ने मुलुकको सूचिमा नेपाल प¥यो रे † कति गफ दिन जान्या हौ ? गफ दिनु पनि एउटा हद हुन्छ नि † आवा न चावा, ताइन तुइको गफ हान्योे सिद्धियो । मियो गतिलो भए पो ? मिया नै गफास्ट भएसी’ नारिनेहरुले गफ दिनु स्वभाविक हो । अब हेरम न अस्तिका दिन अरथ मन्तरी खतौडाले कम्ता गतिलो गफ हान्देनन् । तिन्का गफ सुनेर नेपालीहरु ट्वा परेका छन् भने विदेशीहरु अत्तालिएका छन् । विश्वमा सबैभन्दा छिटो विकास गर्ने मुलुकको सूचिमा नेपाल प¥या छ रे । खतौडा बाले दिउँसै सपना देख्या हुन कि दिउँसै लञ्च पार्टीमा अलिकति भ्याइ दिएका हुन् । घण्टाघरलाई छुट्याउनै गाह«ो भयो । कि त खप्रओ फोवियाले गाँज्या हुनुपर्छ । खप्रओ फोवियाले गाँज्या भए बरु तुरुन्तै उपचारतिर लगे राम्रो । रोग बढ्दै जाला । सर्वत्र विनासै विनास छ ।
राजधानीकै सडकका खाल्डा पुर्न सक्या छैनन्, पढेलेखेका युवाहरुलाई श्रम स्वीकृत दिई दिई बेच्छन् । अनि तिब्र विकासको सूचिमा प¥यो भनेर डंका पिट्छन् । क्या गज्जब छ । सिनित्तै बढारिएछन्
पर्धानमन्तरी खप्रओका आफ्नै जिल्लामा कम्युनिस्टहरु बढारिएका बढारियै छन् । सामाजिक संघ संस्थामा विचराहरुको उठिबासै लाग्न थाल्या छ । झापा जिल्ला लाल किल्ला भनेर मुठ्ठी उचालेर हिडने कम्निष्टहरु किन त्यसरी सिनित्तै हुन थाल्या होलान् ? दुई तिहाइको बहुमत हुँदा कम्निस्टहरु बढरिन थाल्नु त पक्कै पनि राम्रो संकेत होइन । खप्रओको आफनै सहर दमकबाट उद्योग वाणिज्य संघको निर्वाचनमा बढारिएका कम्निष्टहरु विर्तामोडको साना सहरी तथा सरसफाई उपभोक्ता सस्थाबाट पनि चिलिम भएछन् । प्रजातान्त्रिक समूहले तिन्लाई चिलिम फकाई दिएछन् । प्रजातान्त्रिक समूहले दुमो समेत नराखी संस्थामा कम्निष्टलाई निमिट्यान्न पार्दिएछन् । यसभन्दा अगाडि तिन्ले सानो रैदलो मच्चाएका थिएनन् । यसपालि त झन स्थानीय निकाय पनि आफनै, प्रदेश पनि आफ्नै, संघ पनि आफ्नै भन्दै प्रजातान्त्रिक समूहको सानो खिसीटेउरी ग¥या थिएनन् । संस्थाबाट सिनित्तै भएपछि विचराहरु आधारथ्याप्रे अनुहार बनाएर कुले ठोक्या थे रे ।
भ्रष्टाचार पुग्यो रे
हिजो आज जताततै गामघरतिर एउटा नारा लाग्न थाल्या छ । कम्निष्ट सरकारको उपहार गाम गाममा भ्रष्टाचार । अस्तिका दिन नेपालका मुर्धन्य कानुनविदले पनि प्वाक्कै भन्दिए गाउँ गाउँमा सिंहदरबार होइन भ्रष्टाचार पुग्या छ भनेर । पहिला पहिला कम्निष्टहरुले आफूहरुलाई चुनाव जिताए गाउँ गाउँमा सिंहदबार पुयाइदिन्छम भनेर फुइँ लगाए । सोझा नेपालीहरुले पत्याइदिए । दुई तिहाइको वहुमत दिएर जिताई पनि दिए । तर जितेर गएकाहरुले गाउँ गाउँमा पठाइदिएको सिंहदरबार त लुटेरा पो निस्कियो । आची गर्दा नि लुट्या छ, सास फेर्दा पनि लुट्या छ, जन्मदा पनि लुट्या छ, मर्दा पनि लुट्या छ, बस्दा पनि लुट्या छ उठ्दा पनि लुट्या छ दौडला पनि लुट्या छ । गाउँले सिंहदरबारका मुखियाहरु लुट्न माहिर देखिएका छन् । त्यसमाथि विकासका लगि आएको बजेट कपाकप हसुरेका छन् । आखिरी गाउँको सिंहदबार होस कि काठमाण्डौको सिंहदबार होस त्यहाँ ढलीमली गर्ने मुखियाको कामै लुट्ने र भ्रष्टाचार गर्नु त हो । कि कसो हौ ?
बाउेदउ र प्रचण्डको जुहारी
हाम्रा पर्धानमन्तरी खप्रओ जिउँदै छन् ,हल्का फुल्का विरामी मात्र हुन् । तर उनकै पार्टीका दुई जना बीचमा कुस्ती पर्न थालेको देख्दा घण्टाघरलाई अचम्म लाग्न थाल्या छ । बाउदेउले त अस्तिका दिन थुतुनो फड्करेरै भने अब पर्धानमन्तरी बन्ने पालो मेरो क्या काइदाको गफ गरे पर्धान मन्तरी बन्ने पनि पालो हुदो रै’छ । चुनाउमा उत्तानो टाङ परेर हारेका थिए तर अब म पर्धानमन्तरी हुन्छु भनेर उफ्रन थालेको देख्या घण्टाघरलाई आश्चार्य लाग्न थाल्या छ । कताबाट पर्धानमन्तरी बन्ने होला ? उता प्रचण्डाउ पर्धान मन्तरी बन्न मुँख मिठ्याएर बस्या छन् । नेकपाको कार्जेकारी अध्येक्षे आफू भएकोले पर्धानमन्तरी आफू हुने भन्दै यसो जोरी पारिलाई नि सहयोग गर्दिनु प¥यो भन्न थाल्या छन् । खप्रओ पाँच बर्षका पर्धानमन्तरी हुन भन्ने कुरा बाउदेउ र प्रचण्डाउले भुसुक्कै विर्सिएछन् कि क्या हो ? फेरि अहिले पर्धानमन्तरी चाहियो भने टेन्डर खुल्या पनि छैन । टेन्डर खुल्या भए पनि त दुईवटाको जुहारी चल्नु स्वभाविकै हो भन्नु ? छोरो जन्मनु कहिले कहिले कोक्रो बुन्नु अहिले भनेझै यी दुई किन हतारिएका होलान् ?
सहयोग गर्नुप¥यो रे
रामचन्द्रे बाजेको नामै सुन्न नचाहने नेप्लिज लाँग्रेसका सभापति छेरबहादुर देउवा अर्का एक टाटे नेता विमलेन्द्रउलाई अँठ्याएर अस्तिका दिन बोहोराटार पुगेछन् । छेरबहादुरले लाँग्रेसलाई लथालिंग र भताभुंगमात्र बनाएनन महाधिवेशन नै नगरी अझै एक बर्ष चाट्ने नियत देखाएपछि रामचन्द्रे बाजेको नाकबाट धुँवा निस्कनु स्वभाविकै हो । बाजेले छेरबहादुरको बैठकै बहिष्कार गरेर हिडेदेसी फकाउन छेरबहादुर बोहोराटार पुगेछन् । नेविसंघ लथालिंग बनाइद्या छन्, तरुण दलमाथि घोडा चढेका छन् । अरुका हालत पनि त्यस्तै छ । महाधिवेशन टारेर एक बर्ष चाट्न न्वारनदेखिको बल लगाएर आफ्ना नन्दीभृंगीहरुलाई साथमा लिएर हिड्न थाल्या छन् । आफ्नै आँखाले यी सबै
कुरा टुलुटुलु हेरेर बाजेले बस्ने कुरा पनि भएन । बाजे रिसाएर आगो भएको बुझेपछि घरैमा पुगेर तपाई मेरो साथी हो सहयोग गर्नुप¥यो भन्न पुगेछन् छेरबहादुर । विचारा बाजेले त्यतिका पटक ढोठ्याङ्ग खाइसके उन्लाई यसो सहयोग गर्नु पर्दैन ? जीवनमा बाजेको दुईवटा इच्छा छन्, सभापति बन्ने र पर्धानमन्तरी बन्ने । यो इच्छा पूरा होला जस्तो साह«ै छैन । पद भनेसी छेरबहादुरलाई नै पुग्दैन बाजेले कहाँबाट भेट्टाउन ।
विभिषणले गर्दा हा¥या रे
जन्ताले धरान उपमहानगरपालिकामा यसपटक कम्युनिस्टहरुलाई बाजा बजाएर जंघार कटाएपछि यहाँका कम्युनिष्टहरु
रानो हराएको मौरी जस्ता भा’छन् । किन नहुन त विचराहरु ? कम्युनिस्टका कार्जेकर्ताको घर नगरपालिकाबाटै चल्या थियो । जागिर कम्युनिस्टले पाउँथे, ठेक्का पट्टा कम्निष्टले पाउँथे । अब सबै सपना तुरेको छ । एकजना भाँड कम्युनिस्टले त धरानको चुनाव विभिषणले गर्दा हा¥या हो भनेर भाषणै ठोकिछन् । चिठ्ठामा पद पाएर नगरपालिकामा भित्रएकी तिन्ले सानो भाँड मच्चाएकी थिइनन् । तिन्लाई आजकल सबैले मन्दोदरा भन्ने गरेका छन् । अनाहकमा फाइफुई गर्ने मन्दोदराले २८ बर्षदेखि राज गरेर बसेको कम्युनिस्टलाई कैयौ बर्ष वनवास पठाउन सफल भएकी छन् ।
कति गर्थेम कति
पूर्र्र्व झालेमालेका एक मन्तरीले अस्तिका दिन वडो गज्जबको गफ दे । सुन्दैमा पेट बाउँडिएर हाँसम हाँसम लाग्ने । दुई तिहाइको सरकारले विकासको काम गर्न किन नसक्या भनेर साइकल मन्तरीका रुपमा चिनिएका तिन्ले फ्याट्टै भने हामी कति विकास गर्थेम गर्थेम बर्षा लागेर मात्रै हो रे । माने दुई तिहाइको सरकारले बर्षाका कारण विकास गर्न नसक्या हो रे । फेरि हिउँद लागि हाल्यो ठण्डीले गर्दा विकास गर्न नसक्लान् । हैन कम्निष्टको सरकारले नेपालमा विकास चाहिँ गर्न चाहेकै रै’छ । बर्षा र हिउँदले पो विगा¥या रै’छ । बर्षा र हिउँद नलाग्ने भए त यिन्ले कति विकास गर्थे गर्थे ? त्यसै बर्षा र हिउँद नहुँदा यिन्ले कति विकास गर्थे भन्ने कुराको कल्पनै नगरे हुन्छ । बेला बेलामा हामी नेपाललाई सिंगापुर, स्वीजरयाण्ड बनाइदिन्छन् भन्नछन् त ? तर के गर्नु विचाराहरुले बर्षा र हिउदले गर्दा कामै गर्न सकेनन् । यसमा दुई तिहाइको कम्निष्ट सरकारको केही दोष छैन । कि कसो हौ ?
अन्तेमा
पर्देशकका एक मन्तरीले अस्तिका दिन झापातिर पुगेर भनेछन् प्रदेशको नाम पहिचानकै आधारमा राखिने छ । दुई बर्षदेखि जाबो पर्देशको नाम आच्या न्वारान गर्न नसक्नेले वित्थामा किन भुकिरहनु ? जन्ताले छाक कटाएर तिरेको करबाट करोडौ गाडीमा सर्रर्र दौड्न पाएका छन् , स्वरुची भोजन डकारेका छन्, भाषन गर्दा हावा जातन पाएका छन्, सालासाली,भान्जा भान्जीलाई ठेल ठेल गरेर जागिरमा लगाउन पाएकै छन्, विदेश सयर गर्न पाएकै छन् । यति भएसी’ पर्देशकको नाम किन चाहियो ? बेनामे पर्देशबाट सबै कुरा प्राप्त भएकै छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया