पूर्वेली ग्राहकहरुको ब्राण्डेड नाम गोरखा डिपार्टमेन्ट स्टोरले मंसिर २६ गतेदेखि गोरखा होटल प्रा.लि. सञ्चालनमा ल्याउदै

इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अत्याधुनिक सुविधा सम्पन्न मंसिर २६ गतेदेखि गोरखा होटल प्रा.लि. सञ्चालनमा ल्याउदै छ ।
आÏनो स्थापनाको २१ बर्षपछि स्टोरले नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई ध्यानमा राखेर गोरखा होटल प्रा.लि.सञ्चालनमा ल्याउन लागेको हो । कुनैपनि देशले आर्थिक मेरुदण्डका रुपमा पर्यटनलाई लिने गर्छन् । पूर्र्वी नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको तर आगन्तुक पाहुनाहरुकालागि स्तरीय सेवा सुविधा सम्पन्न होटलको अभाव रहेको अवस्थामा गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याउन लागेको होटलले पर्यटकहरुलाई ठूलो राहत मिल्ने अपेक्षा लिएको डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्यको भनाई छ ।
हाल सञ्चानमा आउन लागेको सात तलाको गोररखा होटल प्रा.लि.मा ४२ वटा सुविधा सम्पन्न कोठाहरु
रहेका छन् । आकर्षक अत्याधुनिक रेष्टुरेन्ट, वार, ६० जना अँट्ने सेमिनार हल
रहेका छन् । गोरखा होटल प्रा.लिमा नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल खानाका साथै अन्य देशका खानाका भेराइटीहरु समेत रहेको गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । हरेक तलाम पुग्न लिÏट सिस्टम रहेको होटलमा १५ बर्ष फाइफ स्टार होटलमा काम गरिसकेका सेफ रहेका छन भने पाहुनाहरुको आतिथ्यका लागि ४५ जना कर्मचारी रहेका छन, म्यानेजर गौतमले भन्नुभयो ।

जाडोको कपडा किन्नेको अत्याधिक भीड

इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।
त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात
गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।

गोरखा किचनमा पारिवारिक भीड

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर
धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै
वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।

पूर्वाञ्चलमै गोखा बेकरीको उच्च

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया