सरकार घरदैलो पुग्यो रे
पर्देश नं. १ का मुख्यमन्त्री शेरधन राईले भन्या सर्कार जन्ताको घर घरमा पुग्या छ रे । किन पुग्नु प¥यो ? न जन्ताले बोला’छन् ? पहिला सिंहदरबार गाउँगाउँमा पुग्यो भन्थे अहिले
सरकार पुग्यो भन्छन् । सिंहदरबार गाउँमा आउँदा जन्ता नाँगै भा’थे । अहिले सरकार पुग्न थालेसी गाउँले चम्पट ठोक्ने अवस्थामा पुग्ने भए । गाउँ गाउँमा सरकार पुगेर जन्तालाई किन नांगे झार पार्न लाग्या होला ? हुन त स्थानीय पर्देश सरकारको भुत्लो भाङ्ग काम छैन । जन्ताले कर दिएकै छन् । काम नभएसी करोडौको गाडीमा नन्दीभृंगीहरुलाई हाल्यो अनि डेटिङ्गमा हिड्यो । अनि हगाइ भन्दा पदाई ठूलो भनेझै बाह« सत्ताइसका गफ हान्यो । हैन हौ काम नभएसी’ थपक्क ठाममै बस्नु नि † फुइ लगाएर किन हिड्नु ? तिनै तहका सकारले जन्ताको सेवा गर्छ रे ? झुठो पनि मुख मन्तरीले कति साह«ो बोल्न जान्या हँ ? जन्ताको करङ्ग खुस्किने गरी महंगी बढाइदिया छ, अपानवायु निस्कने गरी कर बढाइदिया छ, रोजगारी नदिएर विदेश लखेट्या छ, अनि सेवा गर्छ भनेर फुइ लगाइदिया छ । कही मुख मन्तरीलाई खप्रओ फोवियाले छुएको त हैन ?
माछो माछो भ्यागुतो
उपिन्द्र जादवको संघीय समाजवादी पार्टी र राजिन्दर महतोको राजपाको लभ पर्ला पर्ला जस्तो भाथ्यो । फेरि छुटानाम भएछ । कहिले एकता गर्ने भने धोती उचालेर जादव र महतो बस्छन् अनि फेरि धोती च्याताच्यात गरेर बाउँठिएर हिँड्छन् । दुवैमा घरी घरी दन्त बझान चल्छ । महतो आफू मन्तरी हुन नपाएकोले मन्तरी रहेका उपिन्द्र जादवले राजीनामा दिनुपर्छ अनिमात्र एकता हुन्छ भन्ने अडानमा बस्या छन् । महतो साह«ै धुर्त रा’न अरुले खाएको देखि नसहने । एकता गर्ने भए मन्तरी पदले फुइøयाँ ग¥या छ । तगारो हाल्द्या छ र ? जादव मन्तरीबाट राजीनामा नदिने महतो मन्तरीबाट राजीनामा दिएसीमात्र एकता गर्ने, दुवैले एक अर्कालाई माछो माछो भ्यागुतो बनाएका छन् । बल्ल बल्ल भेट्टाएको मन्तरी जादवले ज्यान गए नि छाड्दैनन् भन्ने कुरा महतोलाई कस्तो हेक्का नभाको ? त्यही मन्तरी हुनकालागि विचाराले कम्ता पापड बेल्या छैनन् । एउटा मन्त्रालयबाट खुस्काएर अर्र्को थाङने मन्त्रालयमा फाल्दा नि जादवले छोड्या छैनन् । महतोले कुरा बुझ्नु पर्दैन ?
स्त्री वम
आजकल एटम बम, रसायिनक हतियार भन्दा पनि शक्तिशाली वमको आविस्कार भएको छ । कसैलाई टेर्दै नटेर्ने, कसैलाई गन्दै नगन्नेहरुमाथि हाल शक्तिशाली मानिएको स्त्री वम पहार गरेपछि तिनका बाजेको पिण्ड नै देख्छन् । औधी शक्तिशाली यो वम प्रहार गरेपछि मान्छे विस्तारै गल्दै जान्छ, त्यसका नौनारीले कामै गर्दैैन, उसले अरुका अनुहारमा सिधा हेर्नै सक्दैन, जसले उसलाई देख्यो थाक थाक र थुकथुक गर्छन् । स्त्री वम पड्किएपछि सभामुख कृष्णबहादुर महरा डिल्ली बजारको खोरमा मच्छड मारेर दिन कटनी गर्ने भएका छन्, कृष्णदाशजी महाराज रातारात भागेर हस्पिटल पुगेका छन् । एकताका कृषि मन्त्री हरिबहादुरले पदै छोडेर गुमनाम हुनु परेको छ । यो वम बडो घातक छ । प्रहार ग¥यो कि त्यसको अद्योगतिका दिन शुरु । क्या खतरा बम । सज्जन, दुर्जन, साधु सन्त जो सुकै माथि पनि सनक्कै भएपछि यो बम बर्सन्छ होस गरेस है होस गरेस ।
चितवन सिनित्तै
नेकपाका अध्येक्षे प्रचण्डाउको घरेलु जिल्ला, पुत्री मेयर रहेको भरतपुर महानगरपालिकाको तीन वटा वडाअध्यक्षको चुनाउले बाउ छोरीलाई नै पाहा पछारे जस्तो पछारिदिएको छ । भरतपुरका जन्ताहरु जागेछन् । बाबु छोरीलाई नै साइड लगाइदिएछन् । हुन त पहिला पनि भरतपुरबासीले पुत्री रेणु पाठकलाई साइड लगकै हुन् । तर के गर्नु थुतुनो र हस्त कमाल भएसी कस्को के लाग्ने । कपाकप मत पत्र चवाएर घुटुक्क निल्ने अनि हातले मतपत्र घ्वारघ्वार्ती च्यातेसी अन्तेमा राज्यका सबै शक्ति खन्याएर पत्रीलाई जिताएको हो । तर विचरीले यसपटक मतपत्र चपाउन पनि पाइनछन्, च्यात्न पनि पाइनछन् । च्यात्न र चपाउन पाएको भए अरु दलले चुनाव जित्ने चान्स नै हुन्दैन थ्यो । विचरीलाई च्यात्न र चपाउन नपाएकोमा कति छट्टपट्टी भा’होला ? कटक्क छाती पोल्या होला, त्यसै त्यसै मुर्मुरिन मन लाग्या होला ? यस्तै हो दिन गन्ति शुरु भएसी’ कि कसो हौ ?
सीमा मिचेको भन्नु हावादारी
पर्देश २ का मुखमन्त्रीले अस्तिका दिन राम्रो गफ हान्देछन् । जताततै
भारतले सीमा मिच्यो भनेर उफ्रनेहरुलाई मुखमन्तरी लालबाबुले हानेके झापडले कत्तिको चोट लााग्यो कुन्नि ? सीमा मिच्यो भनेर सहरका सडकमा उफ्रदै नारा लगाउँदै हिड्नेहरुले कहिल्यै सीमामा पगेर हे¥या छन् ? सीमाको खाँवो ढल्या छ छैन, मर्मत गर्नुपर्छ पर्दैन ? भत्केको छ छैन ? अनि मिच्यो भनेर खुट्टा बजारेर थुतुनो चलाएर मात्र त भएन नि ? आरिखी मुखमन्तरी मोहम्मद लालबाबु न परे । सीमामा बस्ने गरिबले सीमा जोगाएका छन् । तर सहरका सडकमा उफ्रने तिघ्रेहरुले अहिलेसम्म केही ग¥या जस्तो लाग्दैन । यसो एक आद्य घण्टा उफ्रियो कुनै एनजिओ आइएनजिआकोको माल च्याप्प अँठ्यायो अनि स्त्री वम अठ्याएर होटल छि¥यो बस । लालबाबुले ठीकै भन्या हुन सीमा मिच्यो भेनर गफ गर्नु हावादारी हो । सीमा रुँग्न बसेका सशस्त्र पनि खेलो फड्को र दायाबायाँ गर्नेमा मस्त हुन्छन् । धन्न पशुपतिनाथले जोगाइ दिएका छन् हाम्रा सीमाहरु । कि कसो हौ ? वात करते है ?
माका फुइ“
दुई तिहाइको सरकार उप निर्वाचनमा सर्वाङ्गै नांगिएको छ । माका फुइ हाम्लाई कस्ले हराउने ? पहिला हामी एकै थिएनम अब एक भा’का छम । दुवैको मत जोड्दा माका फुई कस्ले हाम्रा अगाडि थोपना देखाउलान भनेर कम्ता उफ्रेका थिएनन् । हामी नै राज्य हौ, हामी नै सबै हम भन्ने सानो घमण्ड थिएन माकाफईलाई । अहिले इदम भ्रष्ट उदम भष्ट भा’छ । दुईवटा पार्टी मिलेर बनेको विचित्रको पार्टी न हाँसको थुतुनो जस्तो न बकुल्लाको चुच्चे जस्तो पार्टीका झोलेहरु धमाधम उत्तानो टाङ लगाउन थाल्या छन् । माने उप निर्वाचनमा जताततै उत्तनो परेपछि माका फुइको दुइ तिहाइ मत कता गयो कुन्नि ?
सुकोको गनगन
नेप्लिज लाँग्रेसकी स्वघोषित नेतृ सुजो माने सुजाता जोष्टले भन्या यो शेरबहादुर देउवाले काँग्रेस सिध्याउने भयो । सुजोले एकोहोरो स्यालबहादुर माने सेरबहादुरलाई किन त्यसरी
आरोप लगाएको होला ? स्यालबहादुर त सभापति पो हुन त गाँठे । थुतुनो छ भन्दैमा जथाभावि आरोप त लगाउनु भएन नि । निर्वाचन लडेर जित्ने ह्याउ पनि छैन प्यार प्यार
गरेर बोल्न छाड्नु पनि छैन । खाली थुतुनो बजायो विरोध ग¥यो नेप्लिज लाँग्रेसलाई हराउने भूमिका कस्को
थियो । अब उदांगो होला होला जस्तो पो छ । पहिला बाउ गिर्जाउ हुन्ज्याल सुजोको सानो फूर्ति थ्एिन । लाउडा पनि गाँजेकै छ । धमिजा पनि हसुरेकै छ । खाने पनि खाएको छ नखाने पनि खाएको छ । हुँदा हुँदा आफ्नो बंगलादेशी ज्वाईलाई समेत कमाउ धन्दामा लगाइन् । हिङ नभए पनि हिङ्ग बाँधेको टालो हुँ हात सुँघ सुँघ भनेर अब चल्ने वाला छैन । चाँडै नै नेप्लिज काँग्रेसको महाधिवेशन आउँदैछ चिलिम भइएला है सुजो मेम ।
अन्तेमा
धरान उपमहानगरपालिकका कर्मचारीहरु यतबेला वडो टेन्सिनमा छन् । २८ बर्षदेखि कम्युनिस्टको आडमा धराने जनतालाई दुहेर छाली खाएर बसेकाहरु टेन्सिनमा नहुने
कुरै भएन । नेकपाले जित्या भए खुट्टा हल्लाएर चइन गरुम्ला भन्ने सोच्या थिए तर विचराहरुको सपना चकनापुर भएको छ । कतिपय कर्मचारीहरु
राजीनामा दिने मुडमा पुगेका छन् रे । बेइमानहरुले समयमै आफ्नै विवेकले साइड लागेकै राम्रो । तिन्का हैकम सानो थिएन । माल नखाई कसेको काम गरे त मरिजाउँ । काँग्रेसले चुनाउ जितेपछि कतिपयले त बसाई सर्ने सुरसार समेत गर्दै छन् रे । अति गर्नु अत्याचार नगर्नु भन्थे हो रै’छ । अब यिन्का मुटुमा शंख बज्न थालेपछि धरान नछाडेर टाँसिने कुरापनि
भएन । कि कसो हौ दायाबाया गर्ने कमाउ कर्मचारीहरु ।
