धरान १४ मंसिर ः उपमहानगरपालिकाको रिक्त रहेको प्रमुख र वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचमा ५९ दशमलव ६२ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालय सुनसरीका सहायक निर्वाचन अधिकृत अजय मिश्रका अनुसार ५९ दशमलव ६२ प्रतिशत मत खसेको हो । उपमहानगरको २० वटा वडामा कुल ९२ हजार ८ सय ५३ मतदाता रहेकोमा ५५ हजार ११ मत खसेको छ । खसेको मत संख्यामध्ये २९ हजार ८ सय ५४ महिला र २५ हजार १ सय ५७ पुरुष मतदातले मतदान गरेका थिए । २०७४ साल असार १४ गते भएको निर्वाचनमा ६७ दशमलव ८६ प्रतिशत मत खसेको थियो । ७९ हजार २ सय मत खसेको थियो । यसपटक १३ हजार मतदाता थपिएका थिए ।
उपमहानगरको प्रमुख तारा सुब्बा र ७ नम्बर वडाध्यक्ष भुवनराज मोक्तानको निधन पश्च्यात रिक्त रहेको सो पदमा उपनिर्वाचन भएको हो । धरानमा शान्तिपूर्ण वाताबरणमा मतदान सम्पन्न निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन सहायक प्रमुख मिश्रका अनुसार ८ बजे सर्वपक्षिय भेला बसेर मत गणनाबारे टुङगो लाग्ने छ ।
