इनरुवा÷अनुयायी बलात्कारको आरोप लागेको सिद्दबाबाभनिने कृष्णदासलाईसुनसरी जिल्लाअदालतले ४ दिनको म्यादथप गरेको छ । अनुसन्धानकालागिम्यादथपको माग सहित सुनसरी प्रहरीले कृष्णदासलाई जिल्लाअदालत पु¥याएको थियो ।
एम्बुलेन्समाअक्सिजन सहितअदालत पुर्याइएका कृष्णदासलाई अदालतले अस्पतालमै उपचारमा रहने गरी ४ दिनको म्याददिएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता बिनोद शर्माले अदालतबाट ४ दिनको म्यादथपगरिएको बताए । अस्पतालमै उपचारमा रहने गरि अनुसन्धानगर्न अदालतबाटप्राप्तआदेश अनुरुप कृष्णदासलाई बिराटनर्सिङ होममालगिने शर्माले बताए ।
म्यादथपपछि संक्षिप्तप्रतिकृया जनाउदै कृष्णदासले आफुमाथिलगाइएको आरोप झुटो भएको बताएकाछन् । सुनियोजित रुपमाआफुलाई फसाँउन केहि व्यक्तिलागिपरेको कृष्णदासको भनाई छ ।
समाचार माध्यममा आएको अडियोे टेप समेत आफ्नो नभएको कृष्णदासले बताए । उनले बलात्कारको आरोप लगाउने अनुयायीलाई समेत नचिन्ने बताए ।
