धरान÷ आसन्न धरान उपमहानगरपालिकाको मंसिर १४ गते शनिवार हुने प्रमुखको उपनिर्वाचनमा धरानका सम्पूर्ण मारवाडी समुदायले नेपाली काँग्रेसका सशक्त प्रत्यासी तिलक राईलाई जिताउन मतदान गर्ने भएका छन् ।
धरानमा बसोबास गर्दै आएका मारवाडी समुदायको सोमबार साँझ धरानको गीता भवनमा भएको वृहत भेलाले यसपटक नेपाली काँग्रेसलाई मतदान गर्ने सहमति गरेको हो ।
धरानमा मारवाडी समुदायको ३२ सय मत रहेको छ । विगतमा धरानका मारवाडी समुदायले जसलाई मतदान गरेपनि यसपटक काँग्रेसलाई नै गर्नुपर्ने कुरामा उनीहरुले जोड दिएका थिए । धरान उपमहानगरपालिकाले बृद्धि
गरेको अचाक्ली कर, सडकको दुरावस्था, नगरपालिकाका कर्मचारीहरुको भ्रष्ट मनोवृत्ति, हेपाका प्रवृत्ति, ढिलासुस्ती, विकासमा कुनै काम गर्न नसकेको भन्दै उनीहरुले नेकपाप्रति रोश प्रकट समेत गरेका थिए । सदैव एउटै दलको नेतृत्व हावी हुँदा धरान पछाडि परेकोले आफूहरु यसपटक परिवर्तनको पक्षमा रहेको अगुवा मारवाडीहरुले बताएका थिए ।
