धरान÷आसन्न धरान उपमहानगरपालिकाको प्रमुखको उपनिर्वाचनमा धरानमा बसोबास गर्ने मुस्लिम समुदायहरुलाई नेकपाको भ्रममा नपर्न नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य अलिम अन्सारीले एक विज्ञप्ती मार्फत आग्रह गर्नुभएको
छ ।
उहाँले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै गत मंसिर ६ गते शुक्रबार धरान ३ स्थित जामे मस्जिदमा धरान उपमहानगरपालिकाको उप निर्वाचनको प्रचारप्रसार हेतु नेपाली काँग्रेसका मेयरका प्रत्यासी तिलक राई पुग्नु हुँदा अनावश्यक हो हल्ला गरी नवाज पढ्न अवरोध
गराएको भन्दै नियोजित रुपमा अफवाफ फैल्याउने दुस्पयास गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
विज्ञप्तीमा उहाँले भन्नुभएको छ नेपाल मुुस्लिम संघका केन्द्र्रीय सल्लाहकार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हसन अन्सारीको नेतृत्वमा नवाज पढिसकेपछि नेपाली काँग्रेसका मेयरका प्रत्यासी तिलक राइ पुगेको सर्वििवद्धतै छ । तर उहाँले नवाज पढ्न भाडेको भन्दै नेकपाले सुनियोजित तवरले प्रचार गरेको म प्रष्ट पर्न चाहन्छु । विज्ञप्तीमा अगाडि भनिएको छ धरानमा मुस्लिमहरु परिवर्तनको पक्षमा देखिएको र मुस्लिमहरुको १०१ सदस्यीय नेपाली काँग्रेस प्रचार प्रसार समिति गठन भएपश्चात हारको मानसिकताले नेकपा विक्षिप्त भएको मैले महसुस गरेको छु । उहाँले विज्ञप्तीमा अगाडि भन्नुभएको नेपाली काँग्रेस जहिल्यै सबै प्रकारको धर्म, सँस्कृतिप्रति सदभाव व्यक्त गर्दै सम्मान गर्दछ । तर घट्नालाई तोडमोड गरी यथार्थ भन्दा बाहिर गएर गराएको प्रचारबाजीप्रति क्षोभ व्यक्त गर्दे धरानका सम्पूर्ण मुस्लिम समुदायप्रति भ्रममा नरहन आग्रह गर्दैै आगामी उप निर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो मत जाहेर गर्न पनि अन्सारीले विज्ञप्तीमार्फत अनुरोध गर्नुभएको छ ।
