धरान÷आसन्न धरान उपमहानगरपालिकाको मंसिर १४ गते हुने उप निर्वाचनमा तेह्रथुमे समाजले नेपाली काँग्रेसका मेयरका प्रत्यासी तिलक राईलाई जिताउन मतदान गर्ने निर्णय गरेको छ ।
धरान उपमहानगरपालिका भित्रको भ्रष्टचार, अव्यवहारिक करबृद्धि नियन्त्रण, बर्षौदेखि बसोबास गर्र्दै आएका सुकुम्बासीहरुलाई भूमिको अधिकार प्रदान गर्न, धरानको विकासलाई तिब्रता दिन समेत यस पटक नेपाली काँग्रसलाई विजयी गराउनुको विकल्प नभएको समाजले निर्णय गरेको हो ।
आइतबार धरान १ स्थित धरान उच्च माविमा धरानमा बासोबास गर्दै आएका तेहथुमेहरुको वृहत भेलाले प्रा.डा चन्दबहादुर फोम्बोको अध्यक्षतामा तेह्रथुमे समाजको गठन गरी धरानको विरासतको नेतृत्व परिवर्तन हुनुपर्न कुरामा जोड दिएका थिए । एघार सदस्यीय तेह्रथुमे समाजको उपाध्यक्षमा गोविन्द बस्नेत, श्याम सुब्बा, महासचिवमा मोहन तिगेला, सचिवमा हितराम तिल्लिङ्ग रहनु भएको छ भने सदस्यहरुमा तुलसी गौतम, ताराबहादुर निरौला, लक्ष्मी श्रेष्ठ, नेत्रप्रसाद निङ्गलेकु तथा सल्लाहकार संयोजकमा चन्द्र श्रेष्ठ र आर्थिक संयोजकमा आनन्द आचार्य रहनु भएको छ । भेलामा प्रदेश नं. १ का पूर्व प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाम्फे, लाली गुराँस नगरपालिका बसन्तपुरका प्रमुख अर्जुनबाबु मावुहाङ्ग, नेपाली काँग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगाना, तरुण दल तेह्रथुमका सभापति विपिन निङ्गलेकु र पार्टी सचिव सन्तोष निङ्गलेकुको समेत उपस्थिति रहेको थियो ।
