लिम्बुहरुको वृहत आमसभा

धरान÷संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष एवम् आसन्न धरान उपमहानगर पालिकाको उप निर्वाचनमा प्रमुखका प्रत्यासी अमर इजमले आफू निर्वाचत भएमा इमान्दारिता पूर्वक धरानको विकास र समृद्धिका लागि काम गर्ने बताउनु भएको छ ।
मञ्चद्वारा आयोजित जनसभालाई शनिवार धरानको भानुचौकमा सम्बोधन गर्दै इजमले भन्नुभयो मैले एउटा स्लोगन लिएर आएको छु जुन स्लोगन नेपालको लागि मात्र नभएर विश्वकै सन्दर्भमा उत्तिकै सान्दर्भिक छ । जुन स्लोगन हो इमान्दारिता । धरानको विकास र धराने जनताको समृद्धिका लागि इमान्दार नेतृत्व आजको आवश्यकता हो ।
उहाँले भन्नुभयो यहाँ इमान्दारिताको खाँचो छ । चुनावी दर्वियानमा मतदाताको घरदैलोमा जाँदा धरानका २० वटै वडाका मतदाताहरुको एउटै भनाई थियो धरान नगरपालिकामा इमान्दार नेतृत्व आउन सकेन । ढाट्ने, झुक्याउने र छलकपट गर्नेै मात्र आए । हरेक वडामा मैले यस्ता गुनासाको सामना गरेको छु । आम मतदाताले यस पटक हाम्रालाई होइन राम्रालाई ल्याउनुपर्ने कुरामा जोड दिएका
थिए । म उहाँहरुको त्यस भनाइलाई सलाम गर्दछु । उहाँले भन्नुभयो म एउटा भूतपूर्व सैनिक हुँ । भूतपूर्व सैनिकहरु सबै इमन्दार हुन्छन् । चाहे त्यो नेपालको होस्, चाहे भारतको होस्, चाहे बृटिशको होस, चाहे सिंगापुरको होस । इमान्दारिता मापन गर्ने कुनै संयन्त्र भइदिएको म भित्रको इमान्दारिता उहाँहरुलाई देखाउने थिएँ । मलाई धराने जनताले निर्वाचित गराएर पठाउनु भएमा मैले आफ्नो इमान्दारिता छोडे भने मलाई दण्ड दिनुहोस् म त्यसलाई स्विकार्छु ।
संघीय लिम्बुवान मञ्च सुनसरीका उपाध्यक्ष चन्द्र खापुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मञ्चका अध्यक्ष कुमार लिंगदेन हुनुहुन्थ्यो भने सञ्चालन जिल्ला सचिव निर्मल राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया