तीसौ बर्षदेखि धरान उपमहानगरपालिकाको नेतृत्व गर्दै आएको नेकपाले उप निर्वाचनलाई प्रभावित पार्न अनेकौ हतकण्डा अपनाउदै आएको छ । नेकपाले मतदाताहरुलाई प्रभावित पार्न झुटको पुलिन्दा अगाडि सारे पनि यसपटक मतदाताहरु नगरपालिकाको नेतृत्वमा परिवर्तनको पक्षमा देखिएका छन् ।
बर्षौ देखिको आÏनो एकलौटी वर्चस्व गुम्ने भयले नेकपा यतिबेला झुटको सहरा लिएर चुनावी अभियानमा लागेको छ । खास गरेर सुकुम्बासी, यातायात मजदुर र गरिब परिवारबाट विगतमा नेकपाले मत पाउँदै आएको थियो । धरानमा रहेका झण्डै १३ हजार सुकुम्बासी मत उसको भोट बैंक रहँदै आएको थियो । वि.सं. २०४८ सालदेखि सुकुम्बासीभ भएर मतदान गर्दै आएका धरानका सुकुम्बासीहरु अब आफूहरु त्यही हैसियतमा मतदान नगर्ने पक्षमा पुगेका छन् । यसैगरी यातायात मजदुर, यातायात व्यवसायीहरु समेतले विगतमा एमाले हालको नेकपालाई मतदान गर्दै आए पनि यसपटक उसको साथ छोड्ने निर्णयमा पुगेका छन् । नेकपाको स्थानीयदेखि केन्द्रीय सरकारले यातायात मजदुर, व्यवसायीहरुको हितमा राहतको अनुभूति गराउनुको सट्टा आहत बनाएको उनीहरुको ठहर छ । संघ सिण्डिकेट
खारेज बैंक मौज्दात जफत, मजदुरहरुले समेत पान नम्बर लिनुपर्ने अव्यवहारिक प्रक्रिया, पाइलैपिच्छे स्थानीय निकाय , प्रदेश र केन्द्रलाई कर बुझाउनुपर्ने बाध्यताले उनीहरु अर्थात धरानका यातायात व्यवसायी र मजदुर नेकपालाई मतदान नगर्ने पक्षमा पुगेका छन् ।
उता धरानका बाम बुद्धिजीविहरु समेत यसपटक धरान उपमहानगर पालिकाको नेतृत्वको परिवर्तनको पक्षमा देखिएका छन् । निवार्चनका समयमा विगतमा एमाले उमेद्वारलाई जिताउन अनेकौ कार्यक्रम सञ्चालन गर्दै हिड्ने वाम बुद्धिजीविहरु यसपटक नेतृत्व परिवर्ततनको पक्षमा देखिनुको प्रमुख कारण धरान नगरपालिका भित्रको अराजक पवृत्तिलाई नै मान्दछन् । धरान उपमहानगरपालिकाकी वर्तमान कावा प्रमुखको कार्यशैली,
कर्मचारीहरुको भ्रष्ट मनोवृत्तिबाट वाम बुद्धिजीविहरु बर्र्षादेखिको विरासतको राजनीतिले धरानमा कुनै विकास नभएको निचोडमा पुगेका हुन् । धरानका नेकपाले ३० औं बर्षदेखि नेतृत्व गरेपनि सडकको दुरावस्था, सुकुम्बासी समस्या ज्यूका त्यू, जन भावना विपरीत एसियाली विकास बैंकबाट खानेपानीका नाममा ऋण लिएर गरिएको चरम भ्रष्टाचार, ३० औै बर्षदेखि अव्यवस्थित बस पार्क, धरान सभागृहको दुरावस्था, धरान नगरपालिकालाई आफ्नो कार्यकर्ता भर्तीको केन्द्र बनाएको, सामान्य निमाण कामको जिम्मा समेत विना प्रतिष्पर्धा आफ्ना कार्यकर्तालाई दिने गरेको, जलाधार क्षेत्रको जग्गा अदालतले रोक्का गरेपनि वर्तमान नगर नेतृत्वको ठाडो आदेशमा भूमाफियाहरुलाई किनबेचको सिफरिस दिने गरेको लगायतका दर्जनौ अराजक कार्यशैली अब टुलुटुलु हेरेर बस्न नसकिने निचोडमा धरानका वाम बुद्धिजीवि पुगेका छन् ।
पछिल्लो पटक नेकपाले धराने जनतालाई झुक्याउन दुई बर्षको अवधिमा धरानका पक्की सडक २१ किलो मिटर बनाएको २७ किमी पक्की ढल निर्माण गरेको, १८ किमी पक्की सडक निर्माण गरेको, २६ किमी बाटोको ट्रयाक चौडा तथा निर्माण गरेको, २० किमी कच्ची सडक सडक निर्माण गरेको, दुई किमी आरसिसी सडक निर्माण गरेको, ५ किमी पदमार्ग निर्माण गरेको, दुई किमी थप स्लप निर्माण गरेको, एक किमी रिटेनिङ्गवाल निर्माण गरेको, तीन किमी खानेपानी लाइन पाइप विस्तार गरेको, ११ स्थानमा कल्भर्ट काजर्व निर्माण गरको भन्दै धराने मतदाताहरलाई भ्रंममा राख्ने चेष्टा गरेको छ । धरानका सडकहरुको दुरावस्वथा हेर्दा उसले पिटाएको हौवाप्रति धराने मतदाताहरु फिस्स हाँस्ने गरेका छन् । खानेपानी व्यवस्थापनका नाममा भद्रगोल बनाउदै लगेको, पर्यटन विकासमा जोड दिएको, फोहोर मैला व्यवस्थापन र वातावरणमा काम गरेको, कला सँस्कृति र साहित्य उत्थानमा काम गरेको, कृषि, पशु, विकास, उद्यम, पद्र्धन, शिक्षा, स्वास्थ्य, मजदुको हितमा काम गरेको डंका पिटेपनि धरानका कुनै मतदाता पत्याउने पक्षमा देखिदैन । त्यसैलेपनि धरानको दीगो विकासका लागि यसपटक धरान उपमहानगरपालिकाको नेतृत्व परिवर्तन हुनपर्ने पक्षमा देखिएका छन् ।
