घण्टाघरबाट हेर्दा

टिकट वितरणमा सकस
मरेका छाडेका स्थानमा मंसिर १४ गते उप निर्वाचन हुँदैछ । गोडा अढाइ बर्ष भएपनि निर्वाचित भएर ढलीमली गने आशमा भिमसिने पार्टीदेखि मुसे पार्टीका नेताहरु टिकट बाँड्ने जजमानीमा लागेका छन । टिकट लिन दौडधूप गर्नेहरु इमान्दार मात्र भएपछि उनीहरुलाई यतिबेला टाउको दुखाइ भएको छ । टिकट पाउनका लागि लायक उमेद्वार नै उनीहरुले अहिलेसम्म फेला पार्न सक्या छैनन् । टिकट पाउनेहरुको योग्यता भन्या कि हत्यारा हुनुप¥यो, कि बलात्कारी हुनुप¥यो, कि ठेकेदार हुनुप¥यो कि अपहरणकारी हुनुप¥यो । यी गुण नभएकाहरुलाई कसरी टिकट दिने ? आ–आफ्ना सुत्रहरु लगाए यतिबेला नेताहरु योग्य उमेद्वारको खोजीमा जुटेका छन् । विचराहरुलई साह«ै सकस प¥या छ ।
कन्पारो तातेछ छेरुको
अतिका दिन नेप्लिज लाँग्रेसका सभापति छेरु बहादुरको नराम्रोसँग कन्पारो तातेछ । कन्पारो तात्नु स्वभाविकै हो आफूले गर्न लागेको काममा नेविसंघका प्यादाहरुले अवरोध गर्न खोजेसी कन्पारो नतात्ने कुरै भएन । नेविसंघको अध्यक्ष बन्न ३२ बर्ष उमेर नकट्या हुनुपर्छ भनेर विधान बनाउने अनि पचास कट्न लागेका लागि बनाउन खोजेसी प्यादाहरु पनि नउफ्रने कुरै भएन । छेरु बडो तामझाम गर्दै पार्टी कार्यालयमा पुग्या मात्र के थिए नेविसंघका पिलन्धरेहरुले छेरुको बाजा बज्ने गरेर विरोध गरेछन् । उहिता कि बुहारी भटमास खाएकी जस्तै भयो छेरुलाई । छेरुले विचरा पिप्साहरुलाई थुतुनोमा आए जति बसै फलाकेछन् । कसैलाई छोड्दिन, मेरा विरुद्धमा
नाराबाजी गर्ने सप्पैलाई कारबाही गर्छू । छेरुले आमा चकारी गाली पनि गर्न भ्याएछन् । धन्न छेरुको बोली प्रष्ट
बुझिैन । नाराबाजी गर्नेहरुले पनि बुझेनछन् । नत्र अझ उग्र बन्ने थिए । कि कसो हौ ?
फ“साउन खोज्या रे
लामो समयदेखि रोशनी साहीसँग इलुइलु गर्दै आएका कृष्णबहादुर महराले अरुलाई त उल्लु बनाए बनाए, अदालतलाई समेत उल्लु बनाउन खोजेछन् । पाइलै पिच्छे बयान फेर्दै आएका महराले आफूलाई फँसाउन खोज्या हो भनेर बयान दिएछन् । क्या ज्ञानी रै’छन् । रक्सीपनि खाँदैनन् रे, रोशनीलाई बलात्कार पनि ग¥या हैन रे, रोशनीको ओछ्यानमा भेको चस्माको फक्लाँटो पनि तिन्को होइन रे, जुत्ताको लेस पनि तिन्को हैन रे । केही पनि होइन भने पुलिसले किन अँठ्याएको होला ? एउटा निर्दोष मान्छेलाई त्यसरी अँठ्याउनु त भएन नि । हुन त महराका पनि दिन बिग्रेको रै’छन् । रक्सी नखाने मान्छेले रकसीको बोतल लिएर त्यतिका राति रोशनीको कोठामा किन जानु प¥या थ्यो । यसो डान्सवारतिर छि¥या भए पनि त हुन्थ्यो । सहमतिमा काम फत्ते हुन्ज्याल कसैलाई अत्तोपत्तो भएन । ठाकठुक परेर असहमति भएसी बलात्कार ग¥यो भनेर डंका पिट्ने रोशनीलाई पनि जाक्ने हो कि ? विचरा महराले यतिको बेइज्जति कहिल्यै
व्योहोरेका थिएनन् होला र राजनीति पनि चिलिम, पद पनि चिलिम, सबैका नजरमा बलात्कारी । यसो स्वास्ती शान्ति गेरर रोशनीको कोठामा छिरेको भएपनि त हुन्थ्यो ।
बोल्ने र भेटघाट गर्नु रे
अस्तिका दिन हाम्रा प्रधानमन्तरी अचानक अस्वस्थ भएछन् । हतार हतार उन्लाई हस्पिटल पु¥याएछ । डाक्टरहरुले यसो निचोर नाचोर पारे, आइसियुमा छिराए र डाइलासिसि गरेर पठाइदिए । डाक्टरले पर्धानमन्तरी खप्रओलाई नबोल्न र कसैसँग भेटघाट नगर्न सुझाउ दिएछन् । हैन है डाक्टरले खप्रओलाई कसरी त्यस्तो सुझाउ द्या होलान् ? घण्टाघरलाई आश्चर्य लाग्या छ । हाम्रा पर्धानमन्तरीको विशेषता नै प्यायार प्यार बोल्नु हो । हावा बोलुन कि सद्धे बोलुन तर उनले बोल्नैपर्छ । नबोले त उनी खप्रओ नै
रहेनन् । अनि कोहीसँग भेटघाट नगर्नु रे यो झन सम्भवै छैन । पर्धानमन्तरीसँगै पार्टीका अध्येक्षे पनि हुन गाँठे । ह्वार ह्वारर्ती विदेशी आउँछन् तिनीहरुसँग पनि यसो हावा जोत्नै प¥यो, आफ्नै कार्जेकर्ता आउँछन् तिनीहरुरुसँग पनि हल्का फुल्का हावा जोत्नै प¥यो । अनि नबोल भेटघाट नगर भनेर भन्न मिल्छ ?
काम्रेडको लिंग महिमा
नेपालका काम्रेडहरुको लिंगको महिमा संसारका कसैले पनि गर्न सम्भव छैन । एकपछि अर्को गर्दै नेपालका सत्ता पक्षीय काम्रेडहरुको लिंग जोचेरै चर्चामा आका आइछन् । सत्ता पक्षीय काम्रेडहरुलाई कार्तिक महिना त बडो अफाप सिद्ध भएको छ । कार्तिक लाग्न लाग्न लाग्दा महराको लिंग चिप्लियो । कार्तिक लागेपछि अर्का फुच्चे कामे्रड इन्द्रहाङ्ग राईको चिप्लिएछ । हुन त अरु पनि कैयौ काम्रेडका चिप्लिएका होलान तर यत्रतत्र सर्वत्र यी दुईको लिंग पुराण मुलुकभरि वाचन भैरा’छ । पहिला पहिला काम्रेहरुको जिब्रो मात्र चिप्लन्थ्यो । यो गदिन्छम् र त्या गर्दिन्छम र भनेर बाह« सताइसका भाषन ठोक्ने । तर हिजो आज जिब्रो भन्दा पनि लिंग चिप्लिने ग¥या
छ । महराले छोरी भनेर चिप्लाइ दिए, राईले बहिनी मानेर चिप्लाइदिए । हुन त नेपालका कामेडहरु चिप्ल्याउने कुरामा सदैव अगाडि । क्या वात छ ।

संमृद्ध नेपाल
सुखी नेपाली समृद्ध नेपाल भनेर सरकारले फलाकेको पनि गाँठे दुई बर्ष भन्दा बढी भैसकेछ । तर न नेपाली सुखी भएका छन् न नेपाल समृद्ध भएको छ । थुतुनोले फलाकेर मात्र भएन । लाउडादेखि लडाकुको रकम, एनसेल देखि फोरजी अनि वाइडवडीको रकम असुल गरे त मुलुक अलिकति समृद्ध हुन्थ्यो कि ? तर घण्टाघरलाईचाहिँ विश्वास छैन । देश चलाउने बलात्कारी र अपराधी छन् त्यसैले समृद्ध नभको भनेर ती विचित्रबहादुर केसीले कहिलेकाही ख्वाक्क खोक्छन् । तर तिनै बुढाहरुलाई देख्न सक्दैनन् । ती बुढा पनि कम्ताका मापाका छैनन् । एकोहोरो फत्फताइ रहन्छन् । दुई तिहाइको जखमले सरकारले केसीको फत्तफत्ताई सुने पो । निर्मला पन्त जस्ताको बलात्कार पछि हत्या हुनु कुनै ठूलो कुरा हैन भन्ने गृहमन्त्री भएको देश यो । सुखी हौला, समृद्ध बनौला भन्नु र सुगुरले पूर्णिमाको जुन आकाशमा हेर्नु उस्तै उस्तै हो । कि कसो हौ ?
यादव भट्टराई ट्वा“
बडो पूर्तिफार्ति देखाउँदै अस्तिका दिन जनकपुर आएका स्वास्थ्ये मन्तरी उपिन्द्र यादव र पर्यटन मन्तरी योगेश भट्टराई ट्वाँ परेर फर्किएका छन् । नेपाल भ्र्रमण बर्षलाई लक्षित गरेर जनकपुरमा एउटा कार्जेक्रम राख्या
रै’छ । हजार भन्दा बढी कुर्सी पन्डाल राखेर झकिझकाउ बनाए पनि मान्छे भने ५०–१०० जना मात्र पुगेछन । ती पनि दुुवैका नजिकका झोलेहरु मात्र परेछन् । टनाटन मान्छे आउलान् सवामै भएपनि यसो एक आद्य घण्टा गफ जोतौला भनेर मख्ख प¥या थे विचराहरु । जन्ता कार्जेक्रममा नगएपछि दुवै घोसे मुन्टो लगाएर त्यहाँबाट चम्पट ठोकेछन् । विस्तारै जन्ताले बुझ्न थाल्या जस्तो छ । मन्तरी भएको गोडा चारेक महिना वित्या छैन आÏनी श्रीमति, साली, साडुभाई, सबैलाई ठाम ठाममा सेटल गराएका भट्टराई र प्रदेश नं २ मा आफ्नै
सरकार भए नि जादवलाई जन्ताले उपस्थिति नभएर ठिंगा देखाए दिएछन् राम्रै हो कति सुन्नु यिन्का भाषन केही झर्ने होइन, घरको गर्जो टर्ने होइन । कि कसो हौ ?
अन्तेमा
अर्थमन्त्री युवराज खतिवडा चैट हुने हल्ला चल्न थाल्या छ । उन्लाई हँटाउन बालुवाटारकै जग्गा खरिद विक्री गर्ने विष्णु पौड्याल हुन् रे । पर्धानमन्तरीका विश्वाससिला पात्र पौड्याल पद विना बस्नै नसक्नेमा गनिन्छन् । पर्धानमन्तरीलाई गत विहान कान फुकेर उनले त्यो पद हत्याउन खोजेको नैतिकता नभएका सबैलाई थाहा छ । नैतिकता नभएकालाई नेपालमा नेता भनिन्छ । वालुवाटारको जग्गा चीरा पार्नेमा मुछिएका पौड्याललाई यस भन्दा अगाडि पर्धानमन्तरीले नै जोगाइ द्या थे । यी दुई बीचमा गहिरो सम्बन्ध छ भनेर नेकपाभित्र राम्रै खासखुस हुने गरेको छ । युवराजलाई हँटाएर आफू अर्थमन्त्री बन्न पाएमा बालुवाटार मात्र होइन कुन कुन टारमा घर जग्गा जोड्ने हुन पौड्याल बाले । लौ शुभ कार्यको लागि चलखेल गरेकोमा बधाई त दिनै प¥यो, कि कसो हौ ?

तपाईको प्रतिक्रिया