धरान, १० कार्तिक ः तिहारका समयमा माटोका दियोको सट्टा झिलीमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ ।
विगतमा विद्युतीय बत्ती नहुदा अत्याधिक विक्री हुने माटोको दियो विक्री हुन छाडेपछि व्यवसायीहरु समेत विस्तारै अर्को व्यवसायतर्फ विस्थापित हुन थालेका छन् ।
धरानमा विगत १० बर्ष भन्दा बढी माटामा सामाग्री विक्री गर्दै आउनु भएकी कौशिला चौधरीले तिहारको समयमा माटोका साामग्री विक्री नभए पनि अन्य बेला थोरे थोरै भएको विक्रील धान्ने गरेको बताउनुभयो । उहाले तिहारमा दियोका प्रयोग प्राय ः शून्य भएपनि मरिमराउ, विभिन्न प्रकारका पूजा, पुराणमा प्रयोग भएकै कार्ण जसोतसो टिक्न सकिएको उहाको भनाई छ ।
चाडपर्व मनाउने तौरतरिकामा समेत आधुनिकतातर्फ उन्मुख हुदा दियोको साटो विद्युतीय बत्तीको प्रयोग बढ्दा आफूहरुको व्यवसाय धरासायी बन्दै गएको उहाको भनाई छ ।
त्यसो त माटोको दियो भन्दा प्रयोग गर्न सजिलो, जोखिम कम हुने भएका कारण सर्वसाधारणहरु विद्युतीय बत्तीमा आकर्षित भएको बताउछन् सर्वसाधारण ।
धरान ९का प्रज्ञा बस्नेतले हावापानीकोबाट पनि डर नहुने, घरमा दियोका कारण हुने विपत्ति पनि नआउने र चलाउन सजिलो भएकै कारण माटोको दियोको प्रयोग छाडेका बताउनुभयो । उहाले परम्परााई धान्ने भन्दा पनि देखासिकी, विजुलीको पहुच पनि जताततै पुगेका कारण पनि अहिले माटोको दियो विस्थापित भएको उहाको भनाई छ ।
विगतमा नेपालमा बनाइएका माटाका सामाग्रीले नपुगेर भारतबाट समेत आयात गर्नुपर्ने अवस्था रहेको सुनाउने व्यवसायीहरुले अहिल भने विक्री हुनै छाडेपछि व्यवसाय नै परिवर्तन गर्ने सोचमा उनीहरु पुगेका छन् । उनीहरुको व्यवसाय पहिलाकै जस्तो बनाउन अब सबैल परम्परालाई धान्ने नीति सरकार्ले ल्याउन जरुरी छ ।

