तिहार नजिकिएस“गै गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकहरुको अत्याधिक भीड

नेपालीहरुको प्रमुख चाड सिद्धिएसँगै दोसो ठूलो चाड तिहारको चहलपहल शुरु भएसँगै गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकहरुको भीड बढ्न थालेको छ ।
स्टोरका पाँचवटै शाखमा यतिबेला तिहारलाई चाहिने सामाग्रीहरुको किनमेल गर्न स्थानीयसँगै पहाडी जिल्लादेखि सिमावर्ती भारतीय बजारबाट समेत ग्राहकहरु आउन थालेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो ।


प्रमुख चाडपर्वमा अन्य समयमा भन्दा ग्राहकको भीड स्वभाविक रुपमा बढ्ने भन्दै गौतमले यतिबेला खास गरेर खाद्यान्न, चेलीबेटीका लागि दिइने गिÏट आइटम, इलेक्ट्रोनिक्स सामान, लत्ता कपडा, सजावटका सामान लगायतमा ग्राहहरुको भीड बढेको बताउनुभयो । सोमबार गोरखा डिपार्टमेन्ट स्टोरको पाचौ शाखा धरानमा भेटिनु भएका उदयपुर रामपुर ठोक्सिलाका यमबहादुर भण्डारी र उनकी श्रीमति तिहारको सरसमान खरिद गर्न व्यस्त थिए । तिहार आउनु भन्दा १५ दिन अगावै किनेलमा आएका उनले भने अगाडि नै जोहो गर्नु राम्रो हो । तिहारको नजिक भ्याउन गाह«ो हुन्छ । अगाडि नै जोहो गर्दा ढुक्क हुन्छ । यसैगरी बराह क्षेत्र नगरपालिका वडा नं. ३ बाट आएका पूर्णबहादुर राईले भने तिहारमा चेलीबेटी आउने हुँदा कतिबेला कहाँ पुग्नुपर्छ । बरु अगाडि नै जोहो ग¥यो सिद्धियो ।
डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ यतिबेला पाँचवटै शाखामा भीड बढेको छ । विगतको तुलनामा यस पटक तिहारमा ग्राहकहरुको बढी चहल पहल देखिएको छ । दमक शाखा, पथरी शाखा, विराटचौक शाखामा समेत यस्तै छ । विराटचौक शाखामा
रंगेली र भारतको विहारबाट समेत ग्राहकहरु आएको पाइयो भने दमक शाखामा भारतको पश्चिम बंगालको सिलगुढी सम्मका ग्राहकहरु आएको उहाँले बताउनुभयो । दमक शाखामा नेपालको इलाम, पाँचथर, ताप्लेजुङ्ग सम्मका ग्राहकहरु आएकोले भीड ज्यादा बढेको उहाँको बुझाई छ ।
तिहार नेपाली र भारतीयहरुले धुमधामसँगले मनाउने गर्छन ।
भारतीयहरुले दिपावलीको किनमेलमा घर सजावटका सामान, विदेशी ब्राण्डका इलेक्ट्रोनिक्स सामान, गिÏट आइटमहरु बढी खरिद गर्ने गरेको र नेपालीहरुले खाद्यान्नसँगै अन्य सामान खरिद गर्ने
गरेको समेत गौतमले बताउनुभयो । विशेष चाडपर्वका समयमा गोरखा डिपार्टमेन्ट स्टोरले विशेष छुटको व्यवस्था गर्नु, एउटै छानामुनी संसारका सम्पूर्ण सामान उपलब्ध हुनु, मोलमोलाइको गुन्जायस नहुनु, चाहेको सामान नपाइएला कि भन्ने ग्राहकहरुमा चिन्ता नहुनु जस्ता कारणले पनि तिहार नजिकिएसँगै गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकहरुको भीड बढेको स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ

पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का,
धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

गोरखा किचनको आकर्षण

गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँचवटै शाखामा सुविधा सम्पन्न र आकर्षक किचन प्रारम्भ देखि नै सञ्चालनमा ल्याएको छ ।
गोरखाका पाँचवटै शाखामा स्वादिष्ट थकाली खाना, नेपाली थाली, साधारण खानासँगै दर्जन भन्दा बढी प्रकारका स्वादिस्ट तथा अन्य भेराइटीहरु उपलब्ध छन् । धरानस्थित किचनका इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ प्रारम्भको दिनको तुलनामा यतिबेला किचन असाध्यै राम्रो चलेको छ । दैनिक सरदर ६० वटा थकाली खाना, ५० भन्दा बढी नेपाली थाली र ४ सय भन्दा बढी नर्मल खाना गइरहेको छ । यसका अलावा विहान ८ बजेदेखि चाउमिन, मम, मिल्क कफी, ब्लाक कफी, मिल्क टी, ब्लाक टी, तन्दुरी रोटीहरु, गोरखा बेकरीहरु लगायतका आइटम ग्राहकहरुको रुचिमा परेका छन् ।
आरामदायी बसाई, अत्यन्तै सफा, खाना तथा नास्तासँगै
गोरखाको आÏनै उत्पादन पिउने एक बोेतल निःशुल्क पानी, मनमोहक दृश्यावलोकन आदिले गर्दा पनि गोरखा किचनमा उपभोक्ताहरुको आकर्षण बढेको इन्चार्ज खड्काको अनुभव छ । यसका अलावा हरेक दिन गोरखा किचनमा स्पेशल आइटमहरु हुने गर्छन् । नास्तामा फापरको रोटी, कोरियन निउडेल्स, चाइजिन ट्रम्स अफ हेवन्स आदि चेन्ज भइरहने आइटमहरुले ग्राहकहरुलाई थप लोभ्याएको छ ।

जुत्ता चप्पल र कपडामा अत्याधिक भीड

जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,
भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया