धरान÷नेपालकै गन्तव्य सूचिमा परेको धार्मिक पर्यटकी क्षेत्र विजयपुरको विकासका लागि सबै लागेका छन् ।
धरानमा रहेका मठमन्दिरको विकाससंगै त्यहाको भौतिक पूर्वाधार, सडक, विश्राम स्थलको निर्माणलाई तिब्रता दिन थालिएको छ । स्थानीय सरकार आएपछि विजयपुरका मठ मन्दिरसम्म पुग्ने अधिकांश सडकहरु कालोपत्रे, सडक छेउछाउमा सडक बत्ती, रेलिङ्गमार्ग निर्माण भएका छन् भने पछिल्लो समयमा भक्तजनहरुलाई मध्यनजर गरी खानपानी ट्ंयांकीसहितको विश्राम स्थल समेत निर्माण हुने भएको छ ।
व्यापारिक दुनियामा ख्याति कमाएका मारवाडी समुदायले समेत विजयपुरको विकासमा अग्रसर देखाएका छन् । विशेष गरेर मारवाडी समुदायभित्रका महिलाहरु अहिले विजयपुरको विकासमा अग्रसर भएका हुन् । समाजसेवामा अभिप्रेरित हुदै सामाजिक क्षेत्रमा क्रियाशिल हुन मारवाडी महिला समुदायले गठन गरेका मारवाडी महिला मञ्च धरानले धरान १४ विजयपुरमा रहेको दुई धारे छेउमा ७ लाख बराबरको खानपानी ट्यांकीसंगै विश्राम स्थल निर्माण गरिदिने भएका छन् । निर्माणका लागि जुटेका मारवाडी महिलाहरुको सक्रियतामा विश्राम स्थलका निर्माणका लागि शिलान्यास समेत भइसकेको छ ।
धरान २ सिंहदेवी चौकदेखि पैदल हिडेर दन्तकाली मन्दिरसम्म पुग्ने भक्तजनहरुलाई लक्षित गरेर दुई धारे छेउमा विश्राम स्थल निर्माण गर्न लागिएको मारवाडी महिला मञ्च धरानकी अध्यक्ष अनिता अटलले बताउनुभयो । भक्तजनहरुका बर्षादका समयमा ओत लाग्ने, तिर्खा लाग्दा पानीको व्यवस्थासहित ट्यांकीसहितको आरसिसी ढलानको विश्राम स्थल बन्ने उहाले बताउनुभयो ।
नरसिंहा मन्दिर छेउमा बन्न लागेको विश्राम स्थलका लागि नरिसिंहा मन्दिर समितिले समेत जग्गा उपलब्ध गराएर सहयोग गरेको छ । समितिका पदाधिकारी टोमप्रसाद आचार्यले भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर मारवाडी महिला मञ्चले विश्राम स्थल बनाउन लागेकाले उहाहरुको सामाजिक कार्यलाई प्रँेत्साहन गर्दै जग्गा उपलबध गराइएको बताउनुभयो ।
यता धरानको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गुरु योजना लिएको धरान उपमहानगरपालिकाले समेत निजी क्षेत्रबाट भएको सहयोगले विजयपुरको विकासमा सहयोग पुग्ने बताएको छ । धरान उपमहानगरपालका वडा नं. १४ विजयपुरका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले धरान उपमहानगरपालिकाले लिएको गुरु योजनाले सार्थकता पाउदै धेरे भन्दा
धेरै धार्मिक पर्यटक भित्रिने बताउनुभयो । उहाले यो बाटोलाई धार्मिक बाटोको रुपमा विकास गर्ने वडा समितिको लक्ष्य भएको बताउदै विश्राम स्थलले यसलाई थप सहयोग पु¥याउने बताउनुभयो ।
धरानको धार्मिक क्षेत्र मानिएको विजयपुरको विकासमा अहिले समग्र धरानेहरुले सहयोग पु¥याइरहेका छन् । यस क्षेत्रमा प्रख्यात पिण्डेश्वर मन्दिर जहा साउन महिनाको सोमबार जल चढाउने गरिन्छ, यस्तै दन्तकाली मन्दिर जहा नेपालकै एक पीठमध्ये एक मानिन्छ, दशैका समयमा फूलपाती भित्र्याउने गरिन्छ भने बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभरा मन्दिरसंगै दर्जनौ मठ मन्दिर रहेका छन् । यी मन्दिरसम्म पुग्न धार्मिक पर्यटकलाई सहयोग पुगोस भन्ने उद्देश्यले बनेका यस्ता भौतिक संरचनाले पक्र्कै पनि धरान उपमहानगरपालिकाले गुरु योजनामा लिएको धार्मिक पर्यटन क्षेत्र बनाउने कुरामा थप सहयोग पुग्नेमा दुई मत छैन ।

