धरान÷ यस बर्षको बडादशैमा खसी बोकाको विक्री उच्च रहेको धरानस्थित कृषि उपज बजारले जनाएको छ ।
यस बर्ष दशै अवधिभर कृषि बजारमा ७२ करोड ७५ लाखको कारोबार भएपनि खसी बोका २ हजार २ सय थान अर्थात २ करोड ५० लाख बराबरको कारोबार भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भटट्राईले बताउनुभयो । गत बर्ष यही अवधिको तुलनामा २५ प्रतिशत अर्थात ६२ लाख ५० हजार मूल्य बढीको कारोबार भएको उहाले बताउनुभयो । अर्थात गत बर्ष यही अवधिमा १ करोड ८७ लाख ५० हजारको मात्र कारोबार भएको व्यवस्थापक भटट्राईले जानकारी दिनुभयो । उहाले अहिले अन्य सागसब्जीको तुलनामा खसीमा आत्मनिर्भर भइसकेका बताउदै कृषकको उत्पादनलाई अझ बढाउन राज्यले कृषकलाई सहुलियत हुने कार्यक्रम अगाडि ल्याउनुपर्ने बताउनुभयो ।
कृषकलाई लक्षित गरी सञ्चालनमा ल्याएको यो बजारमा कृषकलाई सुविधा दिएकै कारण पूर्वको इलाम, पाचथर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, धनकुटाका कृषकहरुले यस बजारमा खसी बोका विक्रीका लागि ल्याउने गरेका
छन् ।
क्वारेन्टायनका कारण भारतले खसी बोका नेपाल आयात नगरेकै कारण यस बर्ष बढी कारोबार भएको व्यवस्थापक भट्टराईले बताउनुभयो । भारतबाट खसी बोका आयात नभएकै कारण पूर्वी जिल्लामा उत्पादन भएका खसी बोका राजधानी निर्यात भएकै कारण यस बर्ष गत बर्षको भन्दा बढी कारोबार भएको बताउनुभयो ।
विगतमा कृषि बजारमा खसी बोका होन्डी मुन्डी अन्दाजको भरमा खरिद विक्री गरिने भएपनि अहिले जिउदो खसी बोका विक्रीका लागि कृषि
बजारले डिजिटल तराजु सञ्चालनमा ल्याएपछि कृषकहरुले कृषि बजारमै ल्याएर खरिद विक्री गर्ने क्रम बढेका कारण पनि खसी बोकाको विक्रीमा बृद्धि भएको उहाको भनाई छ ।
यो बजार कृषक मैत्री बजार बनाउने उद्देश्यका साथ सञ्चालनमा आएका कारण अहिले कृषकको सुविधालाई ध्यानमा राखेर विक्री नहुन्जेलसम्मका लागि राख्न सुरक्षित स्थान, सस्तो दरमा खान तथा लजको व्यवस्था, खानेपानीका व्यवस्था लगायतका सुविधाहरु प्रदान गरिएकै कारण पनि दशैमा मात्र हैन अन्य समयमा समेत पूर्वी पहाडी जिल्लाबाट खसी बोका विक्रीका लागि आउने गरेको व्यवस्थापक भट्टराईको भनाई छ । यो बजारमा पूर्वी पहाडी क्षत्रमात्र हैन तराइ, छिमेकी मुलुक भारतबाट समेत कृषि जन्य सामाग्री भित्रिने गरेको छ । विशेष गरी यो बजारमा खसी बोकाका अलावा
हरियो तरकारी, फलफूल, मसलाजन्य सामाग्री, सुख्खा तरकारीको समेत थोक कारोबार हुने गरेको छ ।
त्र
