गोरखा डिपार्डमेन्ट स्टोरले पा“चै शाखाबाट ५–३५ प्रतिशत छुट दिदै ः ग्राहकहरुलाई आफ्नो हक जमाउन आग्रह

नेपालीहरुको महान पर्व विजयादशमीको रौनक यतिबेला सर्वत्र छाएको छ । आम सर्वसाधारण नेपाली यतिबेला खानपिन र नयाँ वस्त्रको जोहो गर्न जुटेका छन् । हरेक सर्वसाधारण गुणस्तरीय समानसँगै सुभल मूल्यका बजारको खोजीमा समेत हिडेका छन् ।
राजधानीपछि पूर्वाञ्चलमै पहिलो पटक आजभन्दा २१ बर्ष अगाडि सर्वसुलभ मूल्यमा ग्राहकहरुलाई गुणस्तरीय सामान एउटै छानामुनीबाट उपलब्ध गराउने उद्देश्यले स्थापना भएको गोरखा डिपार्टमेन्ट स्टोरले विगतका बर्षहरुमा झै यस पटक पनि ग्राहकहरुको चाहना पूरा गर्न केही अतिरिक्त समानबाहेक अन्य सम्पूर्ण सामानहरुमा ५ देखि ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
चाडपर्व नजिजकिएसँगै सस्तो बजारको खोजीमा सीमावर्ती भारतीय बजार जोगबनी जाने ग्राहकहरु यसपटक गोरखा डिपार्टमेन्ट स्टोरमै झुम्मिएका छन् । विशेष छुटको व्यवस्था चाडपर्वका समयमा स्टोरले विगतका बर्षहरुमा समेत गर्दै आएको थियो । तर यस पटक ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुटको व्यवस्था भएपछि ग्राहकहरुमा छुट्टै खुशियाली छाएको छ । यस पटक हामीले चाडपर्वलाई लक्षित गरेर के कस्तो छुटको व्यवस्था गरेको छ त भन्ने सम्बन्धमा गोरखा डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्यसँग सामन्य भलाकुसारी गरेका छौं, प्रस्तुत छन् उहाँसँग गरिएका भलाकुसारीका सारसंक्षेपः

दशैका लागि गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुका लागि विशेष टिप्स केही ल्याएको छ ?
–अहिलेको विशेष टिप्स भनेको असोज १० गते देखि १९ गतेसम्म ५–१० र २५ प्रतिशतको छुट नै हो । यसका साथसाथै एनआइसी एसिया बैंकको भिषा कार्ड प्रयोग गर्ने ग्राहकले थप १० प्रतिशत छुट पाउनुहुन्छ ।
त्यसो भए एउटा ग्राकहकले आफूले खरिद गरेको समानमा कतिसम्म छुट पाउनुहुन्छ त ?
–गोरखा डिपार्टमेन्ट स्टोरले दिएको विशेष छुटलाइ समेत जोड्दा १५, ३० र ३५ प्रतिशतसम्म छुट पाउनुहुन्छ ।
कुन कुन सामानमा ग्राहकले यो छुट पाउनुहुन्छ ? सम्पूर्ण समानमा हो ?
–होइन । ५ प्रतिशत ग्रोसरी आइटममा, १० प्रतिशत किचन वायर, लत्ता कपडा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स सामान, गिÏट आइटम लगायतमा हो । केही सामानहरु जुन विगतमा समेत हामीले लिष्टिङ्ग गरेका थियौं त्यसमा उहाँहरुले छुट पाउनु हुन्न ।
छुट नपाउने सामान कुन कुन हुन त ?
–मदिराजन्य वस्तु, कार्टुन, बोरा, टिना हुन जुन थोक हिसाबमा हुन्छन् ।
घदशैका ग्राहकहरुलाई लक्षित गरेर हामीले अहिले के के नयाँ समान ल्याएका छौं ?
–नयाँ सामानहरु बबाल आएका छन् । जुन दशैमा ग्राहकहरुलाई नै लक्षित गरेर ल्याएको हो ।
गोरखा डिपार्टमेन्टसँग अहिले ६ लाख ५० हजार प्रकारका समान छन् । यसबाहेक केही नयाँ आइटम पनि आएका छन् कि ?
–सधै जे आउथ्यो अहिलेपनि त्यही हो । त्यस्तो छुट्टै सामान केही छैन ।
पछिल्लो पटक ग्राहकरुले कुन सामान बढी खरिद गर्ने गरेका छन् ?
–बढी त खानपानकै सामान खरिद गरेका छन् । शायद दशैले होला । यसका अलावा जुत्ता, चप्पल, कपडा, भाँडाकुँडा पनि बढी खरिद गरेका छन । घरमा सजाउने सामानहरु तन्ना, टेवल पोस, गिÏट आइटम पनि विगतको तुलनामा बढी गएको छ दशैको बेलामा घरमा पाहुना आउँछन्, चिटिक्क पार्नुपर्छ भन्ने सोच सबैमा हुन्छ ।
गोरखा डिपार्टमेन्ट स्टोरमा आएका ग्राहकहरुले यो सामान पाइन भनेर फर्किएर गएको अनुभव तपाईसँग छ कि छैन ?
–त्यस्तो त अहिलेसम्म छैन ।
उनीहरुले चाहेका सम्पूर्ण सामानहरु पाएका छन् त ?
–सबै भन्ने त दुनियाँमा हुँदैन । केही केही त नपाएको पनि हुनसक्छ । तर त त्यो कुनै एक दिन नपाउन सकिन्छ । केही घण्टा नपाउन सकिन्छ । त्यो सिद्धिएको अवस्था हुन सक्छ । प्याकिङ्ग गर्दै गरेको अवस्था हुन सक्छ ।
तपाईको अनुभवमा ग्राहकहरु अहिले कस्ता सामानमा इन्ट्रेस्टेड भएका छन् ?
–खाने, पिउने र कपडामै बढी इन्ट्रेस्ट देखिएका छन् । हाम्रो दशै भनेको खाने, पिउने र नयाँ कपडा लगाउनेमै बढी केन्द्रित देखिन्छ ।
अहिले अधिकांश ग्राहकहरु कहाँबाट आएका छन् ?
–अहिले स्थानीय भन्दा पनि बाहिरका बढी छन् ।स्थानीयलाई थाहा छ गोरखा डिपार्टमेन्ट स्टोर नजिक छ भन्ने कुरा ।
बाहिरका ग्राहकहरु अक्सर कस्ता सामान लैजान्छन् । खानपिनका त लैजाँदैनन् होला ?
–लान्छन् । यहाँको क्वालिटी जुन छ त्यसका कारण पनि लिएर जान्छन् ।
केही समय अगाडि विराटनगरमा सञ्चालनमा आएको मिनी सो को अवस्था कस्तो छ ?
–अत्यन्तै राम्रो छ । अब धरानमा पनि चाँडै शुरु गर्दैछांंै ।
धरानमा कहिलेदेखि शुरु गर्नुहुन्छ ?
–जनवरी पहिलो हप्तामा खोल्ने तयारी गर्दैछौं । अहिले हामी त्यसैको तयारीमा लागेका छौं । दशै तिहार पछि यसको काम तिब्र गतिमा हुन्छ । त्यसका लागि चाहिने फर्निचरका सामान आउँदैछ ।
दशैका बेला आफ्ना ग्राहकरुलाई के भन्न चाहनुहुन्छ ?
–पहिला त सबै ग्राहकहरुमा विजय दशमीको शुभकामना । दास्रो कुरा गोरखा डिपार्टमेन्ट स्टोरले दिएको छुटमा यस पटक पनि विगतमाजस्तै सम्पूर्ण ग्राहकहरुलाइ हक जमाउन आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया