धरान÷लामो अन्तराल अर्थात सात बर्ष पछि सुनसरी जिल्ला वडी विल्डिङ्ग संघको आयोजनामा भएको २० औं मिस्टर धरान बडी विल्डिङ्ग च्याम्पियनसीप प्रतियोगिताको ओभर अलमा उत्तम खत्रीले बाजी मारेका छन् ।
एनिटाइम फिनेशसेन्टरका खत्रीले ६५ केजी तौल समूहबाट ओभरअलमा प्रथम भएर एक लाख पुरस्कार हात पारेका थिए । यसैगरी७० केजी तौल समूहका धरान फिटनेश क्लबका ऋतिक घिमिरे दोस्रो र भिजन जिम सेन्टरका ६०केजी तौल समूहका विनोदकुमार नेपाली तेस्रो भएका थिए । उनीहरुले नगद ५० हजार र ३० हजार प्राप्त गरेका थिए ।
प्रतियोगतामा ५५ केजी तौल समुूहबाट आवर फटनेश सेन्टरबाट आशिष कुमाल र विनोद तामाङ्ग सहभागी भएका थिए । उक्त तौल समूहबाट वेष्ट क्टोगोरी क्रस हुनेमा विनोद तामाङ्ग रहेका थिए । तामाङ्ग ओभरअलमा गएपछि आशिष कुमालले १० हजार पुरस्कार हात पारेका थिए । यसैगरी ६० केजी तौल समूहमा भिजन जिमका कुमार नेपाली आवर फिटनेश सेन्टरका सुरेन्द्र राई, एनिटाइम फिटनेशका सरोज रोक्काबीचमा भएको प्रतिष्पर्धामा कुमार नेपाली प्रथम हुँदै ओभरलमा भएका थिए भने सरोज रोक्का द्वितीय र सुरेन्द्र राई तृतीय भएका थिए । उनीहरु दुवैले क्रमश १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।
उता ६५ केजी तौल समुहमा धरान फिटनेश क्लबका सूर्य तामाङ्ग, एनी टाइम फिटनेशका उत्तम खत्रीबीच भएको प्रतिष्पर्धामा उत्तम खत्री प्रथम भएर ओभरअलमा गएका थिए भने द्वितीय भएका सूर्य तामाङ्गले १० हजार पुरस्कार हात पारेका थिए । ७० केजी तौल समूह चार जना प्रतिष्र्धीहरु एक साथ मैदानमा उत्रिएका थिए । भिजन फिटनेशका इन्द्रकुमार लिम्बु, संजिवनी सुधार केन्द्रका अवतार श्रेष्ठ,
धरान फिटनेश सेन्टरका ऋतिक घिमिरे र युनिक जिमका शिशिर धामी बीचको प्रतिष्पर्धामा ऋतिक घिमिरे प्रथम भएर ओभर अलमा गएका थिए । द्वितीय भएका अवतार श्रेष्ठले १० हजार, तृतीय भएका शिशिर धामीले ५ हजार र इन्द्रकुमार लिम्बुले सान्त्वना पुरस्कार २ हजार ५ सय प्राप्त गरेका थिए । यसैगरी ७५ केजी तौल् समूहबाट आवर फटनेश सेन्टरका आशिष राई, एनी टाइम फिटनेशका
राजु लिम्बुसबीचको प्रतिष्पर्धामा आशिष
राई प्रथम भएर ओभर अलमा गएका थिए भने द्वितीय भएका राजु लिम्बुले १० हजार पुरस्कार वापत हात पारेका थिए । ओभरअलको ५५ केजी तौल समूहबाट विनोद तामाङ्ग पाँचौ स्थान, ७५ केजी तौल समूहका आवर फिटनेश सेन्टरका आशिषकुमार राई चौथो भएर क्रमश १५ हजार र २० हजार पुरस्कार प्राप्त गरेका थिए ।
च्याप्मियनशीप प्रतियोगिताका प्रमुख अतिथि तथा युरेका आवासीय माविका प्रिन्सिपल राजेन्द्र गुरुङ्गले विजेता तथा उपविजेता र सान्त्वना
पुरस्कार प्राप्त गर्ने प्रतिष्पर्धीहरुलाई बधाई दिँदै भन्नुभयो बडी विल्डिङ्ग जीवनको एउटा स्किल हो । जीवनमा केही पाउन मानिसमा समर्पण, मेहनत आवश्यक छ । सहभागी सबैेले कडा मेहनत गरेरै ै यहँसम्म आइपुग्नुभएको हो भन्दै उहाँले आज धरानका होनेहार युवाहरु दुव्र्यसनमा फँसेका छन् उनीहरुका सम्बन्धमा सिंगो धरानले सोच्नुपर्नै बेला अभएको छ भन्दै आगामी दिनमा यस प्रकारको कार्यक्रमले निरन्तरता पाओस भन्दै कार्यक्रम सफलताको शुभकामना समेत दिनु भएको थियो ।
धरान युथ एसोसिएसन हङ्गकङ्ग मुख्य प्रायोजक र धरान उपमहानगरपालिका, सजिवनी सुधार केन्द्र, आशिष इन्टर प्राइजेज, बराह ज्वेलर्स, नेप्कोन्स धरान सहप्रायोजक रहेको कार्यक्रमका निर्णायकहरुमा हरि धिमाल शिवमुखिया, नवनित प्रधान, राजभगत प्रधानाङ्ग र शारदा दाहाल रहनु भएको थियो । सुनसरी जिल्ला वडी विल्डिङ्ग संघका अध्यक्ष चन्दन श्रेष्ठको अध्यक्षतामा भएको च्याम्पियनसीप कार्यक्रमको सञ्चालन रेडियो धरानका शिशिर राईले गर्नुभएको संघका सचिव अमन श्रेष्ठले जानकारी दिनुभयो ।
