नेपालीहरुका लागि गणतन्त्र यतिबेला काउछो भएको छ । राणा र पञ्चायत कालमा समेत मुलुकमा यतिविघ्न अराजकता देखिएको थिएन जुन कहालीलाग्दो अवस्था नेपाली जनताले अहिले भोग्दैछन् ।
शनिवार भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा सनियोजित सांघातिक आक्रमण भएको छ । यस प्रकारको आक्रमण शाहीमाथि पहिला पनि सुर्खेतमा भएको थियो । अन्य स्थानमा समेत पटक पटक पयासहरु भएका थिए । केही दिन अगाडि नेपालगञ्ज विमान स्थलमा पर्यटन मन्त्रीले सर्वसधारणको हित विपरीत समयलाई ख्याल नगरी हवाई उडान ढिलो गर्दा शाहीले प्रश्न गरेपछि राज्य संयन्त्रबाट पालिएका बुख्याँचाहरुले घोर आपत्ति जनाएसँगै शाही माथिका श्रृंखलावद्ध षड्यन्त्र शुरु भएका थिए ।
नेपालमा आयातित गणतन्त्रमा नागरिकले बोल्ने अधिकार विस्तारै कुण्ठित गरिदै लगिएको छ । यस्तो हुनुको प्रमुख कारण नेपालको गणतन्त्र नै आयात भएर हो । एउटा राजा हँटाएर एक हजार राजा बन्ने दुस्प्रयासले नेपालको गणतन्त्र अर्थात वर्तमान नेपालको राज्य व्यवस्था नै बद्नाम हुँदै गएको छ । जनप्रतिनिधिको नाममा जनतालाई नै दोहन गर्ने डरलाग्दो प्रवृत्ति यतिबेला तीनै तहका जनप्रतिनिधिमा देखिएको छ । यस्तो लाग्छ जन प्रतिनिधिहरु कामाउने धन्दामा प्रतिष्पर्धा गरिरहेका छन् । जसका कारण भ्रष्टाचार कहाली लाग्दो अवस्थामा देखा परेको छ । न्यायिक निकायदेखि मन्त्रालय तहसम्मका भ्रष्टाचारले मुलुकमा नागरिकहरुमा चरम असन्तुष्ट फैलिएको छ ।
भ्रष्टाचारका विरुद्धको अभियानमा राज्य स्वयम् लागेर भ्रष्टलाई हदैसम्मको कारबाहीको दायरामा ल्याउनु पर्नेमा ज्ञानेन्द्र साही जस्ता युवा, बरिष्ट अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र केसी जस्ता प्रतिनिधि पात्रहरु यतिबेला राज्यकै कोपभाजनमा परेका छन् । बालुवाटार जग्गा प्रकरण, वाइडबडी काण्ड, मेलम्ची काण्ड त एउटा सतहमा आएका नमूना मात्र हुन । यस्ता असंख्यौ काण्डहरु अरल्ल अवस्थामा रहेका छन् । यसको विरुद्धमा बोल्दा राज्यबाटै पालित, पोषित उदण्ड जमातको शिकार हुनुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना हुनु दुःखद् लाग्दो कुरा हो । राज्य स्वयम्ले भ्रष्टाचारमा संलग्नहरुलाई खोजी खोजी कारबाही गर्नुपर्नेमा यहाँ त भ्रष्टहरु राज्यबाटै संरक्षित छन् । हरेक तहमा उनीहरुकै हालीमुहाली चल्छ । भष्टाचारीको मुखै हेर्दिन भनेर प्रधाानमन्त्रीले सार्वजनिक कार्यक्रममा डंका पिटे पनि त्यसको औचित्य समाप्त भएको छ । ज्ञानेन्द्र साहीमाथि आखिरी आक्रमण कस्ले ग¥यो ? आज जोकोही पनि सहजं ढंगले भन्न सक्छन् राज्यबाटै सुनियोजित रुपमा भएको हो । यस घट्नाले सरकारप्रति र व्यवस्थाप्रति नै नागरिकहरु सडकम आउन बाध्य बनाइदैछ । खुलेआम भएका भ्रष्टाचारका विरुद्धमा बोल्न नपाउनु गणतन्त्र आखिरी कस्कालागि ? यस्तै प्रश्नहरु यतिबेला सर्वत्र उठ्न थालेका छन् ।
भ्रष्टाचारका विरुद्धमा रहेको संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग यतिबेला निरीह देखिएको छ । एक हजार, पाँच सय घुस खानेलाई अख्तियारले बडो वहादुरीका साथ प्रक्राउ गर्छ, मुद्दा दायर गर्छ तर सत्ताको आडमा गरिने भ्रष्टाचारलाई उसले देख्दै दैख्दैन । हुन त अख्तियारका एक जना आयुक्तले भनेका छ् मन्त्री, सविचहरुले गरेका भ्रष्टाचारका विरुद्धमा कारबाही प्रक्रिया अगाडि बढाएमा हामो जागिरै रहँदैन । उनले वास्तविकता र यथार्थ कुरा बोलेका छन् । सामान्य कर्मचारी भन्दा बाहिर गएर अख्तियारले अरुलाई
कारबाही गर्नै सक्दैन । किनकी अख्तियारका आयुक्तहरु राजनैतिक भागबण्डामा नियुक्त भएका छन् । जसले नियुक्ति ग¥यो त्यसैका विरुद्धमा उनीहरु जान सक्ने अवस्था पनि रहँदैन ।
