धरान÷चाडवाड नजिकै जादा धरानमा चोरीका घट्नामा वृद्धि हुन थालेको छ । धरान १५ का उमेश मगर र विजय विकलाई सुनका गरगहना, मोवाइल लगायतका सामान चोरी गरेको भन्दै प्रक्राउ गरेका २३ घण्ट नबित्दै पुनः धरान १७ का एक युवकलाई भान्साबाट भाडाकुडा चोरेको आरोपमा प्रक्राउ गरेको हो ।
धरान १७ का अमोश ठटालले भदौ ६ गते घरको मूल्यवान भाडाकुडा चोरी भएको उजुरी इलाका प्रहरी कार्यालयमा दिएसंगै चोरी गर्नेको खोजी कार्यलाई प्रहरीले तिब्रता बनाएको थियो । अन्ततः प्रहरीले चारी गरेको सामाग्री सहित धरान १७ का २२ बर्षीय मेजर राईलाई प्रक्राउ गरेको हो ।
प्रक्राउ परेका राईमाथि प्रहरीले शंका गरी उनको कोठामा खोजतलास गर्ने त्रक्रममा कासका करुवा ५, लोटा १, थाल १, पूजा थान र कासका बटुका ५ थान फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । चोरी गरेको सामाग्रीको मूल्य करिब ५० हजार हुने उहाले बताउनुभयो । प्रक्राउ परेका राईलाई चोर्ी मुद्दामा कारबाही अगाडि बढाइएको डिएसपी न्यौपानले जानकारी दिनुभयो ।
