धरान÷ बीपीमा भएको विकृति, विसंगति, भ्रष्टाचार नियन्त्रणका साथै समग्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा काम गर्दै सर्वसाधारण विरामीले समेत सहज रुपमा उपचार गर्न पाइयोस् भन्दै राष्ट्रिय एकता सञ्जालले आइतबार ज्ञापनपत्र बुझाएको छ ।
सञ्जालका अध्यक्ष हर्क साम्पाङ राइ सहित धरानका सचेत वर्गले प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरु खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले प्रतिष्ठानमा विगतको जस्तो नियति अब प्रतिष्ठानले भोग्नु नपरोस भन्दै १२ बुदामा समेटिएको सुझावसहित ज्ञापनपत्र बुझाएका छन् उनीहरुले विविध कारणले दुई बर्ष अगाडिदेखि रोकिएको निर्माणाधीन प्रसुति तथा क्यान्सर भवन निर्माणका लागि पहल गरियोर्स, प्रतिष्ठानका अति महत्वपूर्ण उपकरण एक्स(रे अल्ट्रा साउन, एमआरआइ विग्रिएर थन्किदा सर्वसाधारण विरामीले बाहिर टेष्ट गर्न बाध्य छन् त्यसतर्फ विशेष ध्यान केन्द्रित गरियोस, आइसियु, सिसियु प्रतिष्ठानमा अत्यन्तै कम भएका कारण विरामीले भोग्नुपर्ने सास्ती कम गर्न यसको वेडसंख्या बडाउन पहल गरियोस्, आकस्मिक कक्ष लगायत प्रतिष्ठानका अन्य सेवामा त्यहाका चिकित्सक तथा नर्सहरुको बोली अभद्र हुने गरेको बाहिर व्यापक गुनासो आएका कारण बोलिमा शिष्टता ल्याई उपचार सहज बनाइयोस भन्ने सुझाव ज्ञापनपत्रमा उल्लेख
गरेका छन् ।
यस्तै आकस्मिक कक्षमा वेड क्षमता र जनशक्ति बढाउनुपर्ने, प्रतिष्ठानले सरसफाईलाई ध्यान नदिने गरेको पाइएकोले यसतर्फ सचेत हुनुपर्ने, बिग्रिएको अक्सिन प्लान्ट चाडो मर्मत गरी अक्सिनको अभावबाट सर्वसाधारणले ज्यान गुमाउनु पर्ने अवस्था आउने, सामाग्रीमात्र हैन गाइनोबाट बच्चा समेत चोरी भएका घट्ना बाहिरिदा पनि त्यहको सुरक्षामा प्रतिष्ठान गम्भिर नभएको र यसतर्पm प्रतिष्ठान सचेत हुनुपर्ने लगायतका सुझावसहितका १२ बुदे ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले प्रतिष्ठानकै निमित प्रमुख प्रा.डा. गुरुपं्रसाद खनालकै कार्यकक्षमा गएर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले ज्ञापनपत्र बुझाउने क्रममा प्रतिष्ठान नागरिक सरोकारका विषयमा गम्भीर हुन आग्रह समेत गरेका थिए ।
