सिलगुढी काठमाण्डौ बस सेवा शुरु

धरान÷भारत पश्चिम बंगालको शिलगुडीबाट काठमाण्डौ सीधा बस सेवा सञ्चालन भएको छ । काठमाण्डौ स्थित कपन संयुक्त यातयात प्रा.लिले नेपाल भारत मैत्री बस सञ्चालनमा ल्याएको छ ।
निजी क्षेत्रबाट सञ्चालित बस सेवाको सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले एक भव्य समारोह बीच समुद्घाटन गर्नुभएको थियो । क्रसबोर्डर बस सेवाले दुई देश बीचमा नागरिकको सम्बन्धलाई थप प्रगााढ बनाउने विश्वास लिइएको छ । काठमाण्डौ सिलगुडी बस सेवाले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पु¥याउने मन्त्री महासेठले बताउनुभयो । उहाँले भन्नुभयो बस सेवा हाल सिलगुडीसम्म सञ्चालन भएपनि पुर्वोतर भारतका नेपाली भाषीहरु यसबाट लाभान्वित हुनेछन् ।
यसैगरी भारतीय राजदूत मन्जिवसिंह पुरीले भन्नुभयो, भारतको सिलगुडी, दार्जीलिङ्ग, सिक्किम, आसाम लगायतका स्थानमा बसोबास गर्ने नेपाली भाषीहरुका धेरै आफन्त काठमाण्डौमा बसोबास गर्छन् । उनीहरुलाई आफन्त भेट्न आउन अब सहज भएको छ । बस सेवा सञ्चालनले दुई देश बीचको सम्बन्धमा थप उचाई प्रदान गर्ने पनि राजदूत पुरीले विश्वास व्यक्त गर्नुभयो । हाल काठमाण्डौ सिलगुडीकालागि चारवटा बस सञ्चालनमा आएका छन् भने एकतर्फी भाडा दर दुई हजार कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया