नेपाली काँग्रेसको दुईदिने प्रशिक्षणमा कार्यकर्ताको उत्साहपूर्वक सहभागिता प्रधानमन्त्रीका अभिव्यक्ति र संविधान विपरीतका विद्येकहरु संसदमा दर्ता गरिनु जनभावना विपरीत–आचार्य

धरान÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेश आचार्यले प्रधानमन्त्री केपी ओली शर्माका पछिल्ला अभिव्यक्ति र संविधान विपरीतका विद्येयकहरु संसदमा दर्ता गरिनु नेपाली जनताको भवनामा ठेस पु¥याउने मात्र नभएर हतास मानसिकताको उपज भएको बताउनु भएको छ ।
केन्द्रीय सदस्य आचार्यले उक्त कुरा नेपाली काँग्रेस धरान उपमहानगर समितिद्वारा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमका दौरान धरानमा कार्यकर्ता बीच बताउनु भएको हो ।
आचार्यले भन्नुभयो मिडिया काउन्सिल विद्येयक संसदमा दर्ता गराउनुको मुख्य प्रयोजन नियोजित रुपमा सञ्चाकर्मीहरुमाथि अंकुश लगाउनु हो । नेपाली काँग्रेसले उक्त विद्येयकको प्रारम्भ देखि नै विरोध गरेको, सञ्चारकर्मीहरु सडकमा आएको र लोकतन्त्रवादीहरुले विद्येयकका विरुद्धमा सरकार निरकुशतातर्फ अग्रसर भएको भन्दै आलोचना भएपछि उक्त विद्येयक हालसम्म
पारित हुन नसकेको प्रष्ट पर्नुभयो । जनभावना विपरीत कहिले गुठी विद्येक ल्याउने, कहिले के विद्येयक ल्याउने , जनताले धान्नै नसक्ने गरी कर वृद्धि गर्ने जस्ता एकपछि अर्को कार्य गर्दे गएपछि आम सर्वसाधारण नागरिक सडकमा उत्रन थालेपछि गत हप्ता प्रधानमन्त्रीले सर्वदलीय बैठक गरी सविधान बनाउने शक्ति एक ठाउँमा उभिन आग्रह गरेको प्रसंग उहाले कोट्याउनु भयो ।


उहाँले भन्नुभयो नेपाली काँग्रेस लोकतान्त्रिक प्रक्रियाबाट बाहिर जाँदैन । सरकारले एकपछि अर्को अधिनायकवादको रिहर्सल गर्न थालेपछि एउटा प्रजातन्त्रिक शक्ति र जिम्मेवार प्रतिपक्षीको नाताले समर्थन गर्न नसकिने स्पष्ट छ । सरकारका कारण मुलुकमा पछिल्ला असहज परिस्थिति उत्पन्न भएकोले कम्निष्टले मुलुक र जनताका लागि काम गर्न नसक्ने समेत उहाँको कथन थियो । नेपाली काँग्रेसकी सचेतक एवम् सांसद पुष्पा भुषालले नेपालको प्रजातान्त्रिक आन्दोलन महिलाहरुको सहभागिता, योगदान र बलिदानका सम्बन्धमा प्रकाश पाुर्नभएको थियो । लोकतन्त्र स्थापना गर्ने कार्यमा महिलाहरुको भूमिका अह्म रहेको भन्दै उहाँले आज सम्म महिलाले आफनो अधिकार विना संघर्ष प्राप्त गरेको इतिहास नभएको बताउनुभयो ।
राजनीतिलाई विभिन्न काणले व्याख्या गर्दा महिला राजनीतिज्ञको भूमिका विर्सन नसकिने र महिला अधिकारको कुरा गर्दा आफू प्रभात खेतानबाट प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो आजको २१ औं शताब्दीमा पनि महिलाहरु हिंसाबाट प्रभावित छन्, वल्र्ड इकोनोमीको रिपोर्टले पनि महिला महिला भएकै कारण विभेदमा परेका छन् । महिलाले आजसम्म कानुन नबनाई अधिकार पाएको दृष्टान्त नभएको, चन्द्र शमशेरले कानुन बनाएरैसतिप्रथाको उन्मुलन गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
यसैगरी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष धनराज गुरुङ्गले केही कमी कमजोरीका कारण परिस्थिति नेपाली काँग्रेसका लागि केही प्रतिकूल देखिए पनि लोकतन्त्रको संरक्षण सम्बद्र्धन, नागरिक हक र महिला अधिकारका लागि कहिल्यै कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।
आगामी मंसिर१४ गते हुने धरान उपमहानगरपालिकको प्रमुखको उप निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएकोले कार्यकर्ताको २० वटै वडाबाट उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको प्रारम्भमा प्रशिक्षण कार्यक्रमको उद्देश्य र औचित्यमाथि धरान उपमहानगर समितिका सभापति तिलक राईले प्रकाश पार्नु भएको थियो । सो अवसरमा राजविमल श्रेष्ठ, सांसद मिनबहादुर विक, नेपाली काँग्रेसका केन्द्रीय पशिक्षण विभागका सदस्य विरेन्द्र साह लगायतले प्रशिक्षण दिनुभएको थियो भने सञ्चालन नगर सचिव श्याम पोख्रेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया