पार्क निर्माणमा ६४ अर्बको स्विकृत

दमक÷चर्चामा रहको तर प्रारम्भदेखि नै विवादास्पद बन्दै आएको झापाको दमकमा बन्ने चिनिया लगानीको नेपाल चीन फ्रेन्ससीप इण्डष्ट्रियल पार्कमा लगानी बोर्डले ६४ अर्ब चिनिया लगानी भिœयाउन स्वीकृत दिएपछि पुनः चर्चामा आएको छ ।
गत शुक्रबार दमक नगरपालिका, दौरादह नगरपालिका र कमल गाउ पालिकाका गरी २१ सय विघा जग्गा समेटेर बनाउने भनिएको पार्कमा लगानीका लागि लगानी बोर्डले स्वीकृति दिएपछि पुनः यसले चर्चा पाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा बसेको लगानी बोर्डले विस्तृत परियोजना निर्माण गर्न दिने निर्णय गरेको हो । औद्योगिक पार्क निर्माणका नाममा स्थानीयको जग्गा अत्यन्तै न्यून मुल्यांकन गरेर जबरजस्ती हडप्न खोजेपछि जग्गा धनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दे सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् । यस कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका भाई एवम् दमक नगरपालिकका प्रमुख रोमनाथ ओली, नगर प्रमुखका साला गोविन्द थापाले प्रशासनलाई नै प्रभावमा पारेर जबरजस्ती न्यून मुल्यांकन गर्न लगाएको संघर्ष समितिका पदाधिकारीहरु बताउँछन् । उनीहरुको कथन छ हामी विकास विरोधी होइनौं तर पुस्तौदेखि खेतिपाति गर्दै आएका हामीलाइ सकुम्बासी बनाउनु भएन । अहिलेको मुल्यांकनले एक विघा जग्गा बेच्दा पनि अन्यत्र ५ धुर जग्गा आउँदैन । राज्यले विना पूर्वाग्रह उचित मुआब्जा दिनुपर्छ संघर्ष समितिका पदाधिकारीको माग छ । पार्क निर्माणका लागि पहिलो चरणमा रतुवा खोलाको बगर, साुदायिक वनको सात सय विघा जग्ग्गा उपलब्ध गराइएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार पहिलो चरणमा काम गर्न ६४ अर्ब रुपैया लगानीका लागि स्विकृत दिएको हो । इण्डष्ट्रियल पार्कमा चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलोपमेन्ट जोन जिङ्ग–पिङ्ग ज्वाइन्ट क्रिएसन कष्ट्रक्सन प्रोजेक्ट डेभलोपमेन्ट कम्पनी लिमिटेडलाई लगानीकालागि स्वीकृत दिइएको हो ।

तपाईको प्रतिक्रिया