सर्वसाधारणबाट संकलित करोडौ रुपैयाँ लिएर फरार भएका धरानका एक सहकारी सञ्चालकलाई सुनसरी क्षेत्र नम्बर १ का समानुपातिक सांसद मिनबहादुर विश्वकर्माले संरक्षण गरेपछि सांसद विश्वकर्माको धन्दा सहतमा आएको छ ।
ततकालीन एमालेका रहँदा वडा सचिवको माग गर्दा समेत जिम्मेवारी नपाएपछिनेपाली काँग्रेसमा प्रवेश गरी अवसरवादी राजनीति गर्दै आएका विश्वकर्मा यतिबेला दलित संघका केन्द्रीय अध्यक्ष र समानुपातिक सांसद समेत रहेका छन् । अवसरको भरमार सदुपयोग गर्न सक्ने विश्वकर्मा नेपाली काँग्रेसमा प्रवेश गर्दा कहिले गिरिजा प्रसाद कोइराला गुट, कहिले कस्को गुट गर्दै हाल पार्टी सभापति शेरबहादुर देउवाका सबैभन्दा बढी विश्वासिला पात्र बनेका छन् । देउवाको किचेन क्याविनेटका रुपमा चिनिने विश्वकर्माले धरानको एक सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक कृष्ण विकलाई संरक्षण गरेको भेटिएको छ ।
सञ्चालक विकको शिखर सगरमाथा सुनचाँदी पसलको सांसद विकले नै उद्घाटन गरेका थिए । जुन पसलम सैयौ बचतकर्ताहरुले खाइ नखाई जम्मा गरेको सहकारीको रकम लगानी हुने गरेको थियो । एउटा सांसद जस्तो मानिसले ठगी धन्दामा संलग्न कृष्ण विककको घर यतिबेला आफ्नो सालीको नाममा समेत रातारात पास गर्नुले के कुराको इंगित गर्छ ? विक असार २३ गते फरार भएपछि सांसद विश्वकर्माले धरान १५ स्थित रहेको घर २७ गते असारमा आफ्नो सालीका नाममा पास गराएका छन् । बचतकर्ताहरुले विकको घर जग्गा रोक्का गर्लान् कब्जा जमाउलान् भन्ने आशंकाले एकताका मन्त्री समेत भइसकेका विश्वकर्माले घर जग्गा सालीका नाममा पास गरिदिएको आशंका यतिबेला गरिदैछ ।
धरानबाट समानुपातिक कोटामा पटक पटक सांसद बन्न सफल मिनबहादुर विश्वकर्मालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काखी च्याप्नुको रहस्य धरानका पुराना र अहोरात्र संगठनमा खटिएका कार्यकर्ताले बुझ्न सकेका छैनन् । पार्टी संगठनको नाममा आजसम्म धरानमा केही नगरेका विकले उल्टै धरानमा भएको संगठन तहस नहस बनाउने कार्य गरेको र्काकर्ताहरुले आरोप लगाउदै आएका छन् । नेतृत्वको चाकडी गर्ने, नेतृत्वको वरिपरिमात्र घुम्ने विकले
धरानको नेपाली काँग्रेसको संगठनमा गुटवाद हाबी गराएको कार्यकर्ताको नेतृत्व समक्ष बारम्बार गुनासो गरे पनि नेतृत्वले कहिल्यै वास्तविकता मनन गरेन । सांसद विक वडा नं. १५ कै बासिन्दा हुन तर वडामै निर्वाचन जित्न सक्ने हैसियत उनको छैन । एउटा सांसद, पार्टीको केन्द्रीय सदस्य भएको स्थानमा वडामै नेपाली काँग्रेसले हार्छ भने नेपाली काँग्रेसलाई विश्वकर्माले कस्तो योगदान दिएको रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ ।
वास्तवमा भन्ने हो भने विश्वकर्मालाइ धरानको काँग्रेस बलियो होस्, बर्षौदेखि वामपन्थीले अधिपत्य जमाएको धरानमा नेपाली काँग्रेसले वर्चस्व कायम गरोस भन्ने चाहना नै पाइदैन । पार्टीका केही कार्यकर्ताको एउटा झुण्ड बनायो त्यसैका आडमा अन्य इमान्दार कार्यकर्ताको मानमर्दन ग¥यो अनि फर्कियो । नेपाली काँग्रेसमा प्रवेश गरेदेखि नै विश्वकर्माको दिनचर्या यसैगरी चलेको छ । अझ पनि नेतृत्वले विकले धरानको काँग्रेसमा पु¥याएको क्षतिको मुल्यांकन नगर्ने हो भने नेपाली काँग्रेस धरानमा सदैव कमजोर नै रहने छ । पञ्चायत कालदेखि नै प्रजातन्त्रका लागि योगदान पु¥याउने कार्यकर्ता धरानमा प्रसस्त छन् । आज ती सबै उपेक्षित छन्, ओझेलमा परेका छन् । स्वाभिमानी कार्यकर्ता कहिलै नेतृत्वको चाकडीमा भौतिरदैन । बारम्बार एउटै व्यक्तिले त्यसमाथि पनि पार्टीमा कुनै योगदान नै नपु¥याएकोले अवसर पाउँदा त्याग गर्ने कार्यकर्ताको मन कुँडिनु स्वभाविक हो । जबसम्म यस्ता प्रवृत्तिहरुको अन्त्य हुँदैन तबसम्म धरानमा नेपाली काँग्रेसले गति लिन सक्दैन र कुनैपनि निर्वाचन चाहे त्यो स्थानीय होस्, चाहे त्यो प्रदेश सभाको हो, चाहे त्यो संघको होस आफ्नो पक्षमा पार्न सक्दैन ।
