धरान÷नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश यादव ४ करोड भ्रष्टाचार गरेको
आरोपमा केन्द्रमा तानिएका मात्र छैनन निजमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
उद्योग तथा आपूर्ति मन्त्री मातृका यादवको आर्शीवादमा भ्रष्टाचारमा निर्लिप्त भएका यादवलाई नेपाल आयल निगमले केन्द्रमा तानेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । मन्त्री यादव आफ्नो सम्धी भएको भन्दै निगमका केन्द्रीय पदाधिकरीहरुलाई समेत वेवास्ता गरी धन्दा संचालन गरेपछि निज विवादित बन्दै गएको मात्र होइन मन्त्री यादवमाथि पनि व्यवसायीहरुले औला उठाउन थालेका थिए ।
इटहरीका एक व्यवसायिका अनुसार डिपोमा तेल हुँदाहुँदै पनि विभिन्न वहानामा डिलरलाई तेल नदिने, रकम दिने डिलरहरुलाई तेल दि ने, शिल गरिएका ट्यांकरहरु रातारात शिल तोडेर चोर्न सिकाउने लगायतका दर्जनौ उजुरीहरु नेपाल आयल निगमको केन्द्रीय कार्यालय र अख्तियारमा समेत परेको थियो । अर्का व्यवसायिका अनुसार १५ दिन पहिला उद्योग तथा आपूर्ति मन्त्री मातृका यादवले आयल निगमको केन्द्रीय कार्यालयलाई आफनो कुनै संरक्षण नरहेको, आफूलाई बदनाम गराएको भन्दै कारबाहीका लागि मौखिक निर्देशन दिएपछि नेपाल आयल निगमका म्यानेजिङ्ग डाइरेक्टर सुरेन्द्रकुमार पौड्यालले निजलाई केन्द्रमा तानेर आवश्यक अनुसन्धान अगाडि बढाएका हुन् ।

