धरानको खेलकुको विकाससंगै पूर्वाधार निर्माणमा जोड

धरान÷ धरान उपमहानगरपालिकाले धरानमा खेलकुदको गतिविधि बढाएसंगै पूर्वाधार निर्माणमा समेत जोड दिन थालेको छ ।
उपमहानगरपालिकाले नगरस्तरीय खेलकुद गतिविधिलाई गतिसिल बनाउन खेलकुद उपसमिति नै गठन गरेर खेलकुदका गतिविधिलाई गतिसिल बनाउदै आएको हो । दुई बर्षदेखि विद्यालयस्तरबाट खेलकुदको विकास गर्न विद्यालय स्तरीय मेयरकपको आयोजना गर्दै आएको उपमहानगरपालिकाले अब भने पूर्वाधार निर्माणलाई जोड दिन थालेको हो ।
धरान उपमहानगरपालिका राष्टिूय खेलकुद परिषदको सहयोगमा धरान १६ रंगशालामा इनडोर कवर्डहलको निर्माण सम्पन्न गरेको छ । टन्टलापुर घाम र बर्षादको समयमा खेलकुदका गतिविधि गर्न मुस्किल परेपछि राखेपसंग १ करोड ५० लाख सहयोग उपलब्ध गरेर इनडोर कवर्डहलका निर्माण भएपछि भने अब जस्तोसुकै परिस्थितिमा पनि खेलकुदका गतिविधि सञ्चालन गर्न सहज छ । राखेपले सहयोग गरेको रकमबाट कवर्ड निर्माण भएपछि धरान उपमहानगरपालिकाले भित्री भागमा प्रयोग गरिने वाल, कुसी, खेलकुदका लागि चाहिने समाग्री २० लाखमा निर्माण गरेको हो ।
अहिले जस्तोसुकै परिस्थितिमा पनि यो कवर्डहलभित्र बास्केटबल, बक्सिङ, कराते, उस्सु, टेबुल टेनिस लगायतका खेलकुदका गतिविधि गर्न सहज भएको धरान उपमहानगरपालिका अन्तर्गत रहेको नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले बताउनुभयो ।
खेलकुदको गतिविधि धेरै हुने धरानलाई मिनी ब्राजिलको रुपमा चिनिने गरिएको छ । खेलकुदका गतिविधिलाई निरन्तरता दिन धरान उपमहानगरपालिकाले भौतिक संरचना निर्माणलाई जोड दिएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताउनुभयो । धरानलाई खेलकुदको सहर बनाउन धरान उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउदै भौतिक संरचना निर्माणमा उपमहानगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।
ठूलो क्षेत्रफलमा बनेको यो कवर्ड हलमा धेरै खेलकुदका गतिविधि गर्न सजिलो भएका कारण खेलाडीहरु समेत दंग छन् । भौतिक पूर्वाधार विना खेलकुदको विकास हुन सक्दैन भन्ने उपमहानगरपालिकाको धारणालाई सर्वसाधारण तथा खेलप्रेमीहरुले समेत स्वागतयोग्य भएको बताउछन् । उनीहरुले पूर्वाधार विकासले खेलकुद क्षेत्रले ठूलो फड्को मार्नेमा विश्वस्त छन् ।

 

तपाईको प्रतिक्रिया