नेपालमा बस्ने नेपालीहरुमाझ मात्र नभएर भारतको सिक्किम, दार्जीलिङ्ग, आसाम, नागाल्याण्ड लगायतका स्थानसँगै विश्वका अन्यत्र बस्ने नेपालीहरु बीचमा समेत लोकप्रिय गीत मुुसुमुसु हासिदेउनका गायक नोर्देन तेन्जिङ्ग भुटियाको सोमबार निधन भएको छ ।
द हिमालयन व्याण्डमा आवद्ध भुटियाको बेलायतमा निधन भएको हो । सोमबार उनलाई असहज भएपछि अस्पताल लैजाने तरखर गर्दा गर्दै
अन्डरसटस्थित निवासमै उनको निधन भएको त्यही रहनु भएका धरानका विनोद मोक्तानले बताउनुभयो ।
सन् १९७१ सालमा बेलायती सेनामा भर्ती भएपछि पनि गायन क्षेत्रको रुचीलाई उहाँले रोक्न सक्नु भएन । उहाँले विजय थापा लगायतका आधा दर्जन साथीहरुसँग मिलेर हिमालयन व्याण्ड खोल्नु भएको थियो । सने २००६ देखि अचानक उहाँको घाँटीमा समस्या देखियो । पछि परीक्षण गराउँदा उहाँको घाँटीमा क्यान्सर लागेको थाहा भयो ।
उहाँले मुसुमुसु हासिदेउ न लै लै मात्र होइन, गाजलुले आँखै छोप्ने, मायाँले माया गाँसी देउ, फर्कि हेरे, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छ लगायत दर्जनौ मौलिक कर्णप्रिय गीतहरु गाउनु भएको छ । उहाँका दुई छोरी, एक छोरा र श्रीमति
रहनु भएको छ ।
