नेपाली रुपैयााको हविगत

धरान/कुनै पनि देशको मुद्रा त्यस देशको गरिमा र गौरव हो । हरेक देशका मुद्रामा त्यस देशको कला, सास्कृति तथा ऐतिहासिक धरोहरहरु अंकित गरिएका हुन्छन् । त्यसैले त मानिसको रुची विभिन्न देशका मुद्राहरु संकलन गर्ने रहेको हुन्छ ।
नेपाली मुद्रामा पछिल्ला दिनमा देखिएको लापारबाही चरम नमूना देखिने १० रुपैयाको नोटले लज्जावोध गराएको छ । उक्त नोटमा न नम्बर उल्लेख छ न राष्ट्र वैंकको कुनै नाम निशाना छ, त्यसमा पनि नोट उल्टो प्रिन्ट भएको छ । यस्ता खोटा नोटहरु बजारमा पठाउनुभन्दा अगाडि राष्ट्र बैंकले ध्यानपूर्वक छाटनी गरेर पठाउनुपर्ने हैन । यस सम्बन्धमा राष्ट्र बैंक विराटनगमा सम्पर्क राख्दा धेरै प्रिन्ट गर्दा केही नोट खोटा दिनु स्वभाविक भएको र आफूहरु त्यस्ता नोट साट्न तयार रहेको मात्र बतायो । यसभन्दा अगाडि पनि विभिन्न मूल्यका खोटा नोटहरु बजारमा पाइएको जेवि स्टोरका प्रोपाइटर मनिष श्रेष्ठले धरान साप्ताहिकलाई बताउनुभयो ।
त्र

तपाईको प्रतिक्रिया