दिल्ली पब्लिक स्कुलमा मालिनिस्ता २०१४–१५ सम्पन्न

धरान/झण्डै दुई दशक अगाडिदेखि सञ्चालित यहाास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलमा शुक्रबार मालिनिस्ता २०१४–२०१५ सम्पन्न भएको छ ।
मानिलनिस्ता अर्थात शितकालीन महोत्सव । विद्यालयले आफ्नो स्थापना कालदेखि नै अध्ययनरत विद्यार्थीहरुको मनोरञ्जनका लागि त्यस प्रकारको महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवको मुख्य उद्देश्य अध्ययनरत विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गर्ने, बच्चाहरुको आफ्नो प्रतिभा प्रदर्शन गर्ने रहेको स्कुलका नेपाली विभाग प्रमुख हेमचन्द्र वस्तीले बताउनुभयो ।
शीतकालीन महोत्सवको औपचारिक शुभारम्भ विद्यालयका प्रिन्सिपल पि.के.शंकरा लिगमले गर्नुभएको थियो भने सन्ध्याकालीन महोत्सवको सुभारम्भ प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशले गर्नुभएको थियो । भारतको नयाा दिल्ली डिपिएस सोसाइटी अन्तर्गत रहेको दिल्ली पब्लिक स्कुल धरानले आयोजना गरेको एक दिने महोत्सवमा विभिन्न परिकारका खाद्य परिकार, मनोरञ्जनका सामाग्रीहरु, कम्प्युटरहरु, मर्मस्पर्शी राष्ट्रिय, आधुनिक तथा लोकगीतहरुको प्रस्तुति रहेको थियो । उक्त अवसरमा मालिस्तामा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रमको अन्त्यमा उत्कृष्ट एकजना छात्र र एकजना छात्रा छानिएका थिए । जसलाई कुमार कुमारी छनौट नामकरण गरिएको थियो । त्यसरी छानिने छात्रमा कक्षा १२ का अजिस शेख र कक्षा १२ कै सुदिक्षा श्रेष्ठ रहेकी थिइन ।

तपाईको प्रतिक्रिया