सानै उमेरदेखि फुटबलको प्रशिक्षण

धरान÷सानै उमेरदेखि फुटबल खेलको प्रशिक्षण दिएर दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल खेलको प्रशिक्षण शुरु गरिएको छ ।
गर्मी विदाको सदुपायोग गर्दै कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरेका समर क्याम्पमा १ सय ५० विद्यार्थी सहभागी रहेका छन् ।
गत बर्ष यही समयमा आयोजना गर्दा ३ सय ७५ जना सहभागी हुदा व्यवस्थापनमा कठिनाई भएको भन्दै यस बर्ष घटाएर १ सय ५० जना मात्र सहभागी छन् । यस्ता खालका प्रशिक्षणले फुटबल खेलको उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धरान फुटबल फ्यान क्लबले आयोजना गरेको यस्ता प्रशिक्षणले फुटबल खेलाडी उत्पादनमा जोड पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईल बताउनुभयो । उहाले मुलुक संघीयतामा गएसंगै केन्द्र, प्रदेश र स्थानीय सरकारले खेलाडीलाई व्यवसायिक बनाउदै राष्टिूय खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
विश्वमै फुटबलको क्रेस बढिरहेको अवस्थामा नेपाली फुटबलको स्तर उस्कन नसकिरहेको अवस्थामा यस्ता खालका कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने बताइएका छ ।
फुटबल खेलको मिनी ब्राजिल भनेर चिनिएको धरानबाट व्यवसायिक खेलाडी उत्पादन गर्न प्रत्येक बर्ष गर्मी समयमो विदालाई सदुपयोग गर्दै विद्यार्थीहरुलाई फुटबलको प्रशिक्षण दिन थालिएको फ्यान क्लबका महासचिव रामकृष्ण खड्काले बताउनुभयो ।
यता फुटबल खेलमा सहभागी हुन आउने बालबालिका समेत उत्साहित देखिएका छन् । उनीहरु समेत भविष्यमा राष्टिूय तथा अन्तर्राष्टिूय खेलाडी बन्नकै लागि प्रशिक्षणमा सहभागी भएका बताउछन् ।
गत बर्षदेखि शुरु गरिएको यो समर फुटबल क्याम्पमा सुवास केसी, राजन मगर, भगवती राना, हेम गुरुङ, सुरज विक, विनय श्रेष्ठ लगायतले प्रशिक्षण दिइरहेका छन्् । धरानको फुटबल खेललाई सहयोग पुगोस् भन्ने उद्देश्यले धरान उपमहानगरपालिकाले संयोजन गरेको छ भने रियो जुसले प्रयोजन गरेको छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने खेलप्रेमीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया