सिर्जनाको संगालो कविता संग्रह लोकार्पण हुदै

धरान÷उदयीमान कवि एवम् लेखक त्रिलोचन भण्डारीको सिर्जनाको कविता संग्रहको लोकर्पण हुने भएको छ ।
पूर्वीय कवि एवम साहित्यकारहरु बीचमा चिर परिचित कवि त्रिलोचन भण्डारी पेशाले शिक्षक हुनुहुन्छ । पेशागत समयबाट केही फुर्सदिला हुनासाथ कविता लेखनमा तल्लिन रहनु हुने भण्डारीको कृतिको लोकर्पणको जाँजोपाँजो भने आदर्श मावि मेची नगर नगरपालिका वडा नं. ८ ले गरेको हो ।
जीवनको ५० औ वसन्त पार गर्न लाग्नु भएका भण्डारीको कृतिले धेरैलाई तान्ने निश्चित छ । शब्द संयोजनमा पारंगत मानिनु हुने भण्डारीको कविता संग्रह लोकार्पणमा धरान, विराटनगर, इटहरी लगायतका स्थानका कवि एवम साहित्यकारहरु समेतको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया