धरान÷तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार र तिनका मतियारद्वारा गरिएका भ्रष्ट्राचार अनियमतिता, ढिलासुस्ती,बाह्य चलखेलबाट थला परेको अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान विस्तारै सुधारोन्मुख देखिएको छ ।
आषाढ २६ गते एक निर्माण व्यवसायीसँग ८ लाख घुस लिँदालिँदै राजकुमार रौनियार र तिनका भतिजा रामहरि रौनियारलाई अख्तियारको केन्द्रीय टोलीले रंगेहात प्रक्राउ गरी विशेष अदालतमा मुद्दा चलाएपछि स्वतःबर्खास्तीमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाललाई दिनुभएको छ ।
निमित्त उपकुलपतिको जिम्मेवारी पाएपछि प्रा.डा. खनालले प्रतिष्ठान सुधारको अभियन नै चलाउनु भएको कर्मचारीहरु बताउँछन् । यसै सम्बन्धमा निमित्त उपकुलपति खनालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो मैले विभागीय प्रमुख, प्राध्यापक, चिकित्सक, कर्मचारी, सुरक्षा सबैसँग छलफल गरी आवश्यक निर्देशन दिइसकेको छु । अहिले
सुरक्षाकर्मीहरुले वाह्य मानिसको अनावश्यक प्रवेश रोकेका छन् । प्रतिष्ठानले विरामीहरुलाई दिने सेवा सुविधामा समेत चुस्तता आएको छ उहाँले भन्नुभयो ।
